बिहीबार ३३४ जना नयाँ संक्रमित थपिए, टेकु प्रयोगशालाकाे रिपाेर्टमा ९३ जनामा पोजेटिभ

काठमाडौं । नेपालमा बिहीबार कोरोना भाइरसका ३ सय ३४ जना नयाँ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले संक्रमितहरूमध्ये ३ सय १९ पुरुष र १५ जना महिला रहेको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण हुनेमा २ हजार ६ सय ३४ पुगेको छ । डा.देवकोटाले देशभरि २१ स्थानमा पीसीआर विधिबाट परीक्षण हुने गरेको बताए ।
विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा मोरङ सुन्दरहरैचाका २४ वर्षका पुरुषमा पोजेटिभ देखिएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्सा जिल्लाको पोखरियाकी १५ वर्षीया किशोरी रहेकी छिन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १८ जनाको पोजेटिभ आएको छ । तीमध्ये झापा भद्रपुरका क्वारेन्टिनमा रहेका तीन जना छन् । २६ देखि ५६ वर्षका पुरुष रहेका छन् । ताप्लेजुङ घर भइ हाल सुनसरी जिल्लाको भोक्राहा क्वारेन्टिनमा रहेका २५ वर्षका पुरुष रहेका छन् । मोरङ घर भइ हाल सुनसरीको भोक्राहको क्वारेन्टिनमा रहेका ३० वर्षका पुरुषको पोजेटिभ आएको छ । सप्तरीको राजविराज, हनुमाननगर, कंकालिनी, छिन्नमस्ता र शम्भुनाथ क्वारेन्टिनका १३ जनामा पोजेटिभ आएको छ । उनीहरू १७ देखि ४८ वर्षका पुरुष रहेका छन् ।

हेटौँडामा गरिएको परीक्षणमा ९ जनाको पोजेटिभ आएको छ । ७ जना बारा जिल्लाको आदर्शकटुवालका रहेका छन् । ३० वर्षीया महिला र १२ वर्षका बालकसहित ३० वर्षसम्मका पुरुष रहेका छन् । सिन्धुली जिल्लाको कमलामाईका २३ वर्षका पुरुष पोजेटिभ आएको छ । रौतहटको गुजराका १८ वर्षका पुरुषमा पोजेटिभ आएको छ ।

पोखरामा गरिएको परीक्षणमा १६ जनाको पोजेटिभ आएको छ । म्याग्दीको मंगला गाउँपालिकाका १९ वर्षका पुरुष रहेका छन् । बागलुङको ऋषिखोला बडीगाड, गलकोटका १० जना रहेका छन् । ३३ वर्षीया एक महिलासहित १६ देखि ३३ वर्षका पुरुष रहेका छन् । पर्वतको बिहादी गाउँपालिका र फलेवास नगरपालिकाका ४ जना रहेका छन् । २१ देखि २८ वर्षका पुरुष रहेका छन् । स्याङजाको कालीगण्डकीका १८ वर्षका पुरुषमा पोजेटिभ आएको छ ।

सेती अस्पतालमा गरिएको परीक्षणमा ३ जनामा पोजेटिभ आएको छ । उनीहरू सबै डोटीका रहेका छन् । दिपायल सिलगढी र पूर्वीचौकी गाउँपालिका रहेका छन् । तीमध्ये ४५ वर्षका महिला र २२ र २७ वर्षका पुरुष रहेका छन् ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा ४२ जनामा पोजेटिभ आएको छ । उनीहरू सबै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाका हुन् । उनीहरू सबै १५ देखि ३५ वर्षका पुरुष रहेका छन् ।

धुलिखेल अस्पतालको परीक्षणमा १७ जनाको पोजेटिभ आएको छ । उनीहरू सबै कपिलवस्तको कृष्णानगरका रहेका छन् । १७ देखि ५२ वर्षका पुरुष रहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षणमा १५ जनाको पोजेटिभ आएको छ । दाङको राजपुर गाउँपालिका, बंगलाचुली गाउँपालिका, बबई गाउँपालिका र घोराही उपमहानगरपालिकाका रहेका छन् । तीमध्ये २३ वर्षीया एक महिला रहेकी छिन् । १६ देखि ३६ वर्षका पुरुष रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १०६ जनाको पोजेटिभ आएको छ । मुगुको खत्याडका २७ वर्षका पुरुष रहेका छन् । दैलेखका १०५ जना रहेका छन् ।

नारायणदेवल कटसोताका मनकाकुरा र बसकोट भजनीका रहेका छन् । उनीहरूमध्ये ५ वर्षीया बालिका सहित ३२ वर्षसम्मका ५ महिला रहेका छन् । ४ वर्षका बालकदेखि ५५ वर्षका पुरुष रहेका छन् ।

कोशी अस्पतालमा गरिएको परीक्षणमा ५ जनाको पोजेटिभ आएको छ । झापाको कचनाकवलका १७ र २५ वर्षका पुरुष रहेका छन् । खोटाङ हलेसीका ३ जना २१ देखि ४५ वर्षका पुरुष रहेका छन् ।

सुर्खेतमा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ आएको छ । उनीहरू सबै दैलेखका रहेका छन् । उनीहरू सबै नारायण नगरपालिका र नौमुले गाउँपालिकाका रहेका छन् । २ वर्षीया बालकदेखि ३६ वर्षका पुरुष रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा गरिएको परीक्षणमा ९३ जनाको पोजेटिभ आएको छ । बाराको महागढीमाइ नगरपालिका, विश्रामपुर गाउँपालिका र सुवर्ण गाउँपालिकाका ५ जना रहेका छन् । १९ देखि ३२ वर्षका रहेका छन् ।

धनुषाको जनकपुरका ६ जना रहेका छन् । ३० वर्षीया महिला र ३३ देखि ३७ वर्षका पुरुष रहेका छन् ।

कपिलवस्तुको ओडरी मावि र जनचेतना मावि, यशोधरामा क्वारेन्टिनमा रहेका १२ जना रहेका छन् । २० वर्षीया एकजना महिला र २१ देखि ४८ वर्षका पुरुष रहेका छन् ।
महोत्तरीका ३ जना रहेका छन् । भंगार नगरपालिकाका १९ देखि ३६ वर्षका पुरुष रहेका छन् ।

रौतहटका ६४ जना रहेका छन् । उनीहरू गजरा, गढीमाई र दुर्गाभगवतीका रहेका छन् । छ महिनाकी बालिकासहित ३ जना महिला रहेका छन् । ८ वर्षका बालकसहित ४५ वर्षका पुरुष रहेका छन् ।

सर्लाहीको श्री प्रावि, छोटोल, भजनियाका ३ जना रहेका छन् । १९ देखि ४० वर्षका पुरुष रहेका छन् ।

Published : Thursday, 2020 June 4, 5:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया