नेविसंघले वीरगञ्जमा अर्थमन्त्री र मुख्यमन्त्रीको पुत्ला जलायो

वीरगञ्ज । कम्युनिस्ट सरकार र प्रदेश २ को लालबाबु राउत नेतृत्वको प्रदेश सरकारविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) पर्साले पत्ला जलाएको छ ।

लकडाउनका बेला जनतालाई राहत दिनुपर्ने बेला कर तिर्न ताकेता गरेको विरोधमा नेविसंघले बिहीबार वीरगञ्जमा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा अर्थमन्त्री डा.युवराज खतिवडा र प्रदेश २ का मुख्यमन्त्री राउतको पुत्ला जलाइएको नेविसंघले जनाएको छ ।

सर्वसाधारण जनताका साथै उद्योगी र व्यवसायीहरूलाई राहत दिने बेला लकडाउनका बेला कर तिर्न ताकेता गर्ने कम्युनिस्ट सरकारको हर्कतको विरोध गरिएको नेविसंघका नेताहरूले बताएका छन् ।

खड्गप्रसाद ओली नेतृत्वको केन्द्र सरकार र प्रदेश २ को लालबाबु राउतको सरकार कोरोना भाइरसको महामारीलाई देखिएर चरम भ्रष्टाचारमा लागेको नेविसंघले आरोप लगाएको छ । नेविसंघले भ्रष्टाचारीहरूलाई कारबाहीको माग पनि गरेको छ ।

Published : Thursday, 2020 June 4, 3:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया