कम्युनिस्ट सरकारका अर्थमन्त्री डा.खतिवडाकै छोरीज्वाइँ बिचौलिया

काठमाडौं । बजेटको राजश्वको दरहरू चुहावट भएको भनेर झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाको विरोध भइरहेका बेला उनकै छोरीज्वाइँ रामशरण खरेलमाथि ठूलो आरोप लागेको छ ।

अर्थमन्त्री डा.खतिवडाले छोरीज्वाइँ खरेललाई मन्त्रालयमा झिकाएर सूचनाहरू लिक गराएको आरोप लागेको हो ।

डा.खतिवडा गभर्नर हुँदा पनि विवादमा तानिएका थिए । अहिले अर्थमन्त्री हुँदा सीमित ठूला घरानीयाहरूलाई लाभ पु¥याउने गरेर बजेट ल्याएको भन्दै आलोचना भएको छ ।

अर्थ मन्त्री बनेकै दिन डा.खतिवडाले नेपाल राष्ट्र बैंक, बिराटनगरमा रहेका कनिष्ठ अधिकृत तथा छोरीज्वाइँ खरेललाई ठाडो निर्देशनमा मन्त्रालय झिकाएकाे दृष्टि न्युजले जनाएकाे छ ।

छोरीज्वाइँलाई झिाएकोमा डा.खतिवडाको धेरै आलोचना भएको थियो । त्यसपछि साउन १ गते बैंक फर्केका खरेललाई लकडाउनका बेला मन्त्री डा.खतिवडाले वैशाख पहिलो साता पुनः मन्त्रालयमा झिकाए ।

बजेट निर्माणको लागि भन्दै मन्त्री डा.खतिवडाले अर्थ मन्त्रालयमा पर्याप्त जनशक्ति हुँदाहुँदै छोरीज्वाइँलाई काजमा झिकाएपछि सबै कर्मचारी झस्किएका थिए ।

अर्थमन्त्रीले नीतिगत भ्रष्टाचार गरेको समाचार बाहिरिएपछि डा.खतिवडाले छोरीज्वाइँ खरेललाई कुन प्रयोजनको लागि मन्त्रालय झिकाएका थिए भन्ने तथ्य उदांगो भएको छ ।

अर्थमन्त्री डा.खतिवडाले बजेटमा उल्लेखित करका दरमा गर्ने घटबढले व्यवसायीको आम्दानी र घाटामा पार्ने प्रभावको आन्तरिक अध्ययन र सेटिङ मिलाउन छोरीज्वाइँ खरेललाई मन्त्रालय झिकाइएको भनेर आरोप लागेको छ ।

डा.खतिवडाको परिवारसँग राम्रै हिमचिम रहेको विशाल ग्रुपलगायतका मारवाडी समुदायसँग आफूले प्रत्यक्ष उठबस गर्न नमिलेपछि मन्त्री डा.खतिवडाले छोरीज्वाइँलाई अघि सारेको आरोप छ ।

खरेलले तीन वर्षअघि बैंकको सरुवा पनि ससुरा डा.खतिवडाको सल्लाहमा मारवाडी व्यापारीहरूको बाक्लो उपस्थिति रहेको बिराटनगरमा सरुवा मागेका थिए ।

बजेटमा विद्युतीय सवारी साधनमा राजश्व र अन्तःशुल्क बढाउने, चकलेटमा घटाउने तथा महँगा रक्सीमा बढाउने योजनाबद्ध तयारी गरिएको आरोप छ ।

विशाल ग्रुपगायतका मारवाडी समुदायको आग्रहमा गरिएको उक्त खेलको योजनामा प्राप्त हुने लाभ ग्रहणका लागि छोरीज्वाइँ खरेललाई प्रयोग गरिएको स्रोतको दाबी छ ।

अर्थमन्त्री डा.खतिवडासँग खरेललाई बेरोकतोक कुरा गर्न, ज्वाइँ भएकाले साँझ, बिहान मन्त्री क्वार्टर वा ससुराली आउजाउ गर्न मिलेकाले कसैले शंका गर्ने ठाउँ नै भएन ।

विशाल ग्रुपलगायतका व्यापारी र व्यवसायीले मन्त्री खतिवडासमक्ष पुर्‍याउनुपर्ने सन्देश र उनको जवाफ आदानप्रदान लकडाउनको समयमा पनि खरेल निवास धुम्बाराहीबाट गर्दै आएका थिए ।

मन्त्रीले करको दरमा हेरफेरबारे अर्थ सचिवलाई समेत अघिल्लो दिनसम्म जानकारी गराएका थिएनन् । यसबाट पनि मन्त्रीले सोझै ज्वाइँसँगको सेटिङमा मारवाडी समुदायका व्यापारीलाई गोप्य तवरले जानकारी गराएको बुझ्न सकिन्छ ।

सेटिङबमोजिम बजेटअगावै विशाल ग्रुपको समेत साझेदारी रहेको पारामाउण्ट मोटर्स कम्पनीले १ सय २१ वटा महँगो विद्युतीय गाडी १० प्रतिशत भन्सार तिरेर भित्रएको हो ।

यसबाट राज्यलाई सोझै भन्सार र अन्तःशुल्कवापत एक अर्ब रुपियाँ भन्दाबढी घाटा लागेको छ ।

बाँकी एक सयवटा गाडी मगाएका अन्य व्यवसायी र मन्त्रीबीच पनि अशोकले ज्वाईंमार्फत् मध्यस्थता गरिदिएका थिए । त्यसवापत थप एक अर्ब राजश्व गुमेको छ ।

सेटिङबमोजिम मन्त्री खतिवडाले चकलेटमा भन्सार दर घटाएर सोही गु्रपलाई गुन लगाइदिएका छन् । नयाँ आर्थिक ऐनअनुसार चकलेटमा १० प्रतिशत भन्सार छुट दिइएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो दुई आर्थिक वर्षमा आयात गरिएको चकलेट र चुईंगमको ७० प्रतिशत हिस्सा विशाल ग्रुपको देखिन्छ ।

गतवर्ष पाँच अर्ब रुपियाँको आयात गरिएको चकलेटमध्ये उक्त ग्रुपको तीन अर्ब रुपियाँको थियो । गतवर्ष चकलेट र चुईंगमबाट मात्र दुई अर्ब राजश्व आम्दानी भएको थियो ।

यो वर्ष उनले चकलटेमा एकाएक १० प्रतिशत भन्सार घटाइदिए । पूर्वजानकारी पाएकाले ग्रुपले लकडाउनअघि चकलेट मगाएन तर मगाउने अरु कम्पनी भने सोझै घाटामा गएका छन् ।

नेपालमा सबैभन्दा धेरै महँगो रक्सी आयात गर्ने पनि विशाल ग्रुप नै हो । सेटिङको छनक पाएपछि उसले पहिल्यैदेखि धेरै रक्सी मौज्दात गरेको थियो । अहिले रक्सीमा बढाइएको करले मात्रै विशाल ग्रुपलाई अरबौं रुपियाँ नाफा हुने देखाएको छ ।

सेटिङमा ज्वाईं प्रयोग गर्नुको अर्को सुझबुझपूर्ण कारण पनि खुलेको छ । गभर्नर छँदा कनिष्ठ हुँदाहुँदै ज्वाईंलाई दुई वर्षको लागि अमेरिकास्थित अन्तर्राष्ट्रिय मुद्रा कोष पठाएको फाइँदा अहिले देखिएको छ ।

काम फत्ते भएपछि व्यापारी तथा व्यवसायीले ज्वाइँ खरेल तथा छोरीको अमेरिकास्थित बैंक खातामा डलरमा जम्मा गर्ने गरिएको पनि उच्चस्रोतले बताएको छ ।

अर्थमन्त्रीपछि अमेरिकाको राजदूत बन्न खोज्नुले समेत खतिवडाको ती खातामा रहेको रकम व्यवस्थापन गर्ने अभिलाषा प्रमुख देखिन्छ ।

Published : Thursday, 2020 June 4, 8:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया