तरुण उपाध्यक्ष चापागाइँद्वारा समस्यामा परेका भोजपुरेलाई राहत वितरण

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले काठमाडौंमा भोजपुरबासीहरूलाई राहत वितरण गरेका छन् ।

युवा नेता चापागाइँले बुधबार काठमाडौं गौरीघाटमा राहत वितरण गरेका हुन् । उनले १६ परिवारलाई एक-एक बाेरा चामलका साथै १ लिटर खाने तेल, १ किलो नुन र २ किलो दाल उपलब्ध गराएका छन् ।

भोजपुर जिल्लाको उत्तरी क्षेत्रबाट काठमाडौं उपत्यकामा बसेर दैनिक ज्यालादारी, मजदुरी गर्नेहरूलाई खाद्यान्न सहयोग गरेका छन् ।

लकडाउनका कारण मजदुर र अति विपन्न परिवारहरू समस्यामा परेका थिए । उनीहरूले काठमाडौंमा रुद्राक्षमा प्वाल पार्ने तथा रुद्राक्षलाई धुने काम गर्दै आएका थिए ।

लकडाउनका कारण सबै पेसा व्यवसाय बन्द भएपछि मजदुरहरू समस्यामा परेका थिए ।

चापागाइँ सेवा समाजको सहयोगमा युवा नेता चापागाइँले खाद्यान्न वितरण गरेको बताए । राहत वितरणमा सहयोग गर्ने समाजसेवी सुरेश श्रेष्ठालाई तरुण उपाध्यक्ष चापागाइँले धन्यवाद दिएका छन् ।

कांग्रेसका युवा नेता चापागाइँले यसअघि पनि भोजपुर जिल्ला घर भई काठमाडौं उपत्यकामा मजदुरी गर्दै आएका परिवारहरूलाई खाद्यान्नसहितको सहयोग गरिसकेका छन् ।

उनले एक महिना अगाडि आफ्नो गृहजिल्ला भोजपुरमा पनि प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिमार्फत मास्क, पीपीई, स्यानिटाइजरसहितका सामग्री हस्तान्तरण गरिसकेका छन् ।

Published : Wednesday, 2020 June 3, 4:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया