मंगलबार काठमाडौंसहित देशभरि ४५ जना डिस्चार्ज

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट निको भएर मंगलबार ४५ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले शिक्षण अस्पताल महाराजगञ्जबाट मकवानपुरकी ५४ वर्षीया महिला डिस्चार्ज भएकी छिन् ।

गुल्मी अस्पतालबाट एक जना ३१ वर्षीय पुरुष डिस्चार्ज भएका छन् ।

भीम अस्पतालबाट २५ जना डिस्चार्ज भएका छन् । उनीहरू रुपन्देही अस्पतालका १६ र कपिलवस्तुका ९ जना डिस्चार्ज भएका छन् ।

धरानमा १८ जना डिस्चार्ज भएका छन् । तीमध्ये एक जना सुनसरीकी महिला रहेकी छिन् भनेर झापाका १७ जना पुरुष रहेका छन् ।

मंगलबारका ४५ सहित नेपालमा काेराेना संक्रमणबाट निकाे भएर डिस्चार्ज हुनेको संख्या २६६ पुगेको छ ।

Published : Tuesday, 2020 June 2, 5:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया