कांग्रेस केन्द्रीय सदस्य लामाको कार्यले नुवाकोटका कम्युनिस्टहरूलाई तनाब

नुवाकोट । नुवाकोट जिल्लामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद बहादुरसिंह लामा तामाङले स्वास्थ्य सामग्रीहरू निःशुल्क हस्तान्तरण गरेका छन् ।

कांग्रेस नेता लामाले नुवाकोटका ११ वटा स्थानीय तहलाई शनिबार स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेका हुन् । उनले जिल्ला समन्वय समितिको कार्यालय बिदुरमा स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको नुवाकोट कांग्रेसले जनाएको छ ।

कांग्रेस नेता लामा १ सय ५५ सेट पीपीई, ५५ थान इन्फ्रारेड थर्मल गन, १२ थान स्यानिटाइजर स्प्रे मेसिन, ८ सय थान एन ९५ मास्क हस्तान्तरण गरेका छन् ।

त्यसै गरी १० हजार थान सर्जिकल मास्क, ५ हजार थान कपडाको मास्क, १ सय ५ लिटर स्यानिटाइजर र १ थान बिग स्प्रे मेसिन पनि कांग्रेस नेता लामाले वितरण गरेका छन् ।

उनले नुवाकोटका सबै स्थानीय तहका प्रमुखहरूलाई ५–५ सेट पीपीई, २–२ थान थर्मल गन, १–१ थान स्यानिटाइजर स्प्रे मेसिन, ५–५ लिटर ह्यान्ड स्यानिटाइजर, ५–५ लिटर क्लोरिनयुक्त स्प्रे स्यानिटाइजर, २०–२० थान एन ९५ मास्क, ३–३ सय थान सर्जिकल मास्क र २–२ थान कपडाको मास्क हस्तान्तरण गरेको बताएका छन् ।

कांग्रेस नेता लामाले जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई एक थान बिग स्प्रे मेसिन पनि हस्तान्तरण गरेका छन् ।

उनले स्थानीय तहका कांग्रेस पार्टीका प्रतिनिधिहरूलाई पनि पीपीई, थर्मल गन, एन ९५ मास्क, सर्जिकल तथा क्लोथ मास्क, स्यानिटाइजर, साबुन लगायत सामग्रीहरू हस्तान्तरण गरेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य लामाले विपद् तथा महामारीको बेला सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन् ।

उनले जिल्लामा कोरोनासँग लड्न फ्रन्टलाइनमा काम गरेकालाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूको सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए ।

यसअघि उनले लिखु गाउँपालिकालाई थर्मल गन, स्प्रे मेसिन र एन ९५ मास्क तथा बेलकोटगढी नगरपालिकालाई पीपीई र स्यानिटाइजर प्रदान गरिसकेका छन् ।

नुवाकोट जिल्लामा कम्युनिस्टहरूले काम गर्न नसकेको भनेर आलोचना हुँदै आएको छ । यस्तो बेलामा कांग्रेस नेता लामाले आफ्नो व्यक्तिगत खर्चमा स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेपछि कम्युनिस्टहरूलाई तनाब भएको चर्चा छ ।

Published : Tuesday, 2020 June 2, 11:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया