गृहद्वारा ४४ सीडीओहरूको सरुवा (नाम)

काठमाडौं । लकडाउनका बेला सरकारले काम गर्न नसकेको भनेर आलोचना भइरहेका बेला गृह मन्त्रालयले झण्डै चार दर्जन प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ ।

मन्त्रालयद्वारा सोमबार जारी सूचनाअनुसार ४४ जना सीडीओ तथा सहायक सीडीओहरूको सरुवा गरेको हो ।

मन्त्रीस्तरीय निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी(उपसचिव र सहसचिव) दरबन्दीसहित ४४ जना सिडिओ तथा सहायक सीडीओहरूको सरुवा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकाको सरुवा, काज तथा पदस्थापना गरिएको छ ।

पाल्पामा रमेश न्यौपाने, सुर्खेतमा हीरालाल रेग्मी, चन्द्रौटा ईलाका प्रशासन सूर्यबहादुर खत्री, महोत्तरीमा कृष्णबहादुर कटवाल, काठमाडौंमा जीवनप्रसाद दुलाल, ईलाका प्रशासन कार्यालय तुलसीपुरमा आनन्द पौडेललगायतको सरुवा भएको छ ।

Published : Tuesday, 2020 June 2, 7:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया