सेना परिचालन गर्ने सरकारी निर्णयको कांग्रेस सांसद डा.सिंहद्वारा विरोध

काठमाडौं । नेपाली कांग्रेसका सांसद सांसद डा.अमरेशकुमार सिंहले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नेपाली सेना परिचालनको निर्णयको विरोध गरेका छन् ।

संसदको सोमबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद डा.सिंहले कोरोना नियन्त्रणका लागि सेना परिचालन गर्ने सरकारको निर्णयको विरोध गरेका हुन् । सेनालाई कोरोना नियन्त्रणका लागि विश्वका कुनै पनि देशले नगरेको उनले बताए ।

‘हामी कस्तो लोकतन्त्रको एक्सरसाइज गरिरहेका छौँ ? यो लोकतन्त्रको मन्दिरमा मैले प्रश्न उठाउन चाहन्छु कि हामी टुलुटुल हेर्ने हो कि ?’, उनले भने ।

‘सन्दर्भ जोड्न चाहेको हो कि, विपत व्यवस्थापनको काम गृह मन्त्रालयको ऐनले निर्धारण गरेको छ’, उनले भने, ‘नेपाली सेना र रक्षा मन्त्रालयलाई गरेको होइन । सरकारको कमजोरी छ ।’

‘नेपाली सेनाको बुटले नेपाली जनतालाई दबाउन खोजिदै छ भने त्यो लोकतन्त्रको हत्या हुन्छ’, कांग्रेसका सांसद डा.सिंहले भने, ‘दुनियाँको कुनैपनि मुलुकमा कोरोना नियन्त्रणका लागि सेना परिचालन गरिएको छैन ।’

Published : Monday, 2020 June 1, 12:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया