चीनले दिएको कोरोना विश्वको सबैभन्दा खराब उपहार

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई चीनले विश्वलाई दिएको सबभन्दा खराब उपहार भएको बताएका छन् ।

शुक्रबार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई चीनको सबभन्दा खराब उपहार भनेका हुन् ।

अमेरिकामा कोभिड–१९ को कारण १ लाखभन्दा बढी मानिस को मृत्यु हुनसक्ने प्रक्षेपण गरिएको छ ।

अमेरिकामा हालसम्म कोरोना भाइरसको कारण करीव १ लाख मानिसको ज्यान गइसकेको छ ।

यो संख्या अझै बढ्न सक्ने प्रक्षेपण गरिएको छ । ट्रम्पले मृतकको परिवारप्रति सम्बेदना व्यक्त गर्दै यस घटनालाई निकै नै दुःखद बताएका छन् ।

‘न्यूयोर्क टाइम्स’ को रिपोर्टअनुसार कोरोनाले ज्यान गुमाएका संख्या कोरियाली युद्धमा ज्यान गुमाएका अमेरिकी सेनाको संख्याभन्दा बढी पुगेको छ ।

Published : Friday, 2020 May 29, 1:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया