रुकुम पश्चिम घटनाका दोषीलाई कारबाही माग गर्दै दाङमा प्रदर्शन
घोराही । रुकुम पश्चिमको घटानाका दोषीलाई कारबाहीको माग गर्दै दाङका युवाहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
दाङ जिल्ला संयुक्त दलित संघर्ष समितिले शनिबार दाङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको कांग्रेसका युवा नेता खेमराज विश्वकर्माले जानकारी दिए ।
‘रुकुम पश्चिममा भएको जातीय हत्य हत्याका दोषीलाई हदैसम्मको कारबाही हुनुपर्छ’, विश्वकर्माले भने, ‘अन्यथा आन्दोलन गर्न बाध्य हुने छौँ ।’
ज्ञापन पत्र बुझाउन जाने क्रममा दलित नेताहरू व्यानरसहित प्रदर्शन गर्दै जिल्ला प्रशासनमा पुगेका थिए ।
रुकुम पश्चिमको चौरजहारीमा केही दिन अगाडि अन्तरजातीय विवाह प्रकरणलाई लिएर कथित उपल्लो जातका व्यक्तिहरूले जाजरकोटाका नवराज बिकसहितका छ जनाको हत्या गरेका थिए ।
नवराजसहित छ जनाको ज्यान लिनेहरूलाई हदैसम्मको कारबाहीको माग गरेर देशभरिका दलितहरूका साथै अधिकारकर्मीहरू आन्दोलित छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया