मुस्ताङको नेचुङ्गमा नेपालको बोर्डर आउट पोष्ट स्थापना

काठमाडौं । मुस्ताङ जिल्लाको लोमान्थाङमा सशस्त्र प्रहरी बलको नेपाल बोर्डर आउट पोष्ट (वीओपी) स्थापना भएको छ ।

भारतसँग सीमा विवाद भइरहेका बेला सशस्त्र प्रहरीले चीनसँग सीमा जोडिएको मुस्ताङ जिल्लाको लोमान्थाङ् गाउँपालिका वडा नम्बर ४, नेचुङ्गमा वीओपी स्थापना गरिएको हो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले बिहीबार वीओपीको स्थापना गरेका हुन् ।

Published : Friday, 2020 May 29, 9:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया