८४ जना डीएसपीहरूको सरुवा (नाम)

काठमाडौं । नेपाल प्रहरीको मुख्यालयले ८४ जना प्रहरी नायव उपरीक्षकहरू (डीएसपी)को सरुवा गरेको छ ।

बिहीबार प्रहरी हेडक्वाटरले ८४ जना डीएसपीहरूको सरुवा गरेको हो ।

काजीकुमार आचार्य प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्सामा सरुवा भएको छ । कृष्णकुमार चन्दलाई जिल्ला प्रहरी कार्यालय भोजपुरमा सरुवा गरिएको छ ।

टेकुनन्द ईवा लिम्बुलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु, पदमबहादुर विष्ट जिल्ला प्रहरी कार्यालय दार्चुलामा, विश्वराज खड्का प्रहरी प्रधान कार्यालय कर्मचारीको पिरमर्का छानविन ईकाइ नक्साल, भरतबहादुर बिक, जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी, विश्वराज अधिकारी जिल्ला प्रहरी कार्यालय पर्वतमा सरुवा भएको छ ।

शिवबहादुर सिंहको ईलाका प्रहरी कार्यालय तुलसीपुर, हरिहरनाथ योगीलाई जगेडा पुल नक्साल, हरिबहादुर बस्नेतलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा सरुवा भएको छ ।

Published : Friday, 2020 May 29, 6:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया