कांग्रेसका स्थानीय नेता जीवनाथ खतिवडाद्वारा मानेभञ्ज्याङ प्रहरीलाई थर्मल गन प्रदान

मानेभञ्ज्याङ । नेपाली कांग्रेस ओखलढुंगाका नेता एवम् समाजसेवी जीवनाथ खतिवडाले मानेभञ्ज्याङ गाउँपालिकामा रहेका प्रहरी चौकीलाई ज्वरो नाप्ने थर्मल गन निःशुल्क उपलब्ध गराएका छन् ।

स्थानीय समाजसेवी खतिवडाले बिहीबार प्रहरी चौकीका सहायक निरीक्षक (असई)लाई थर्मल गन हस्तान्तरण गरेका हुन् ।

ओखलढुंगा र सोलुखुम्बु प्रवेश गर्ने नाकाका रुपमा परिचिति मानेभञ्ज्याङमा थर्मन गन प्रहरीलाई हस्तान्तरण हुँदा कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि थोरै भए पनि सहयोग मिल्ने कांग्रेसका स्थानीय नेता राज खतिवडाले बताए ।

राज खतिवडाले कोरोना भाइरसको संक्रमण देशभरि फैलिरहेका बेला मानेभञ्ज्याङका प्रहरीहरू जोखिम मोलेर जनताको सुरक्षमा खटिएको बताए । थर्मल गनको सहायताले व्यक्तिको तापक्रम नापेर प्रहरीले कोरोना रोकथाममा सहयोग गर्ने उनले बताएका छन् ।

Published : Thursday, 2020 May 28, 9:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया