कम्युनिस्टहरू बरुक–बरुक गरेपछि कांग्रेसद्वारा आकस्मिक पत्रकार सम्मेलन गर्दै

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आकस्मिक रुपमा पत्रकार सम्मेलन गर्न लागेको छ ।

पार्टी मुख्यालय सानेपा ललितपुरमा बिहीबार दिउँसो दुई बजे पत्रकार सम्मेलन राखिएको पत्रकारहरूलाई पठाइएको निमन्त्रणा पत्रमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा १२औँ गणतन्त्र दिवस, कोरोना भाइरसको संक्रमण, लकडाउन, संविधान संशोधन र मुलुकको अन्य राजनीतिक विषयमा कांग्रेसले आफ्नो धारणा राख्ने जनाइएको छ ।

संसदबाट बुधबार संविधान संशोधनको प्रस्ताव अचानक सरकारको आग्रहमा सभामुख अग्नि सापकोटाले कार्यसूचीबाट हटाएका थिए ।

कार्यसूचीबाट प्रस्ताव हटाइएको आरोप कांग्रेसलाई लगाइएको थियो ।

कांग्रेसले विज्ञप्ति जारी गरेर संविधान संशोधनको प्रस्ताव कार्यसूचीमा राख्दा सरकार र संसद सचिवालयले कांग्रेससँग नसोधेको र हटाउँदा पनि सल्लाह नगरेको स्पष्ट पारेको थियो ।

Published : Thursday, 2020 May 28, 12:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया