कांग्रेसद्वारा केन्द्रीय समितिको बैठक आह्वान, संविधान संशोधनबारे निर्णय हुने

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान संशोधन र कोरोना भाइरसका विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जेठ १७ गते शनिबार बस्नेट । पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजे बस्नेत पौडेलले बताए ।

‘बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल हुनेछ’, मुख्य सचिव पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशान दिएको छ ।

कांग्रेसको पदाधिकारी बैठकले संविधान संशोधनका विषयमा केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गर्ने निर्णयगरेको थियो ।

Published : Thursday, 2020 May 28, 12:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया