कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओलीले एक वर्ष गायब बनाइदिए

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीद्वारा गणतन्त्र दिवसका अवसरमा जारी गरिएको शुभकामना सन्देशमा एक वर्ष गोलमान भएको छ ।

बिहीबार बिहान ओलीद्वारा जारी शुभकामना सन्देशमा १२औँ गणतन्त्र दिवस भनिएको छ ।

ओलीकै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १३औँ गणतन्त्र दिवस भनेर शुभकामना दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देशमा पनि १३औँ गणतन्त्र दिवस भनिएको छ ।

प्रधानमन्त्री ओली, नेकपाका दोस्रो तहका अध्यक्ष प्रचण्ड र राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा १२औँ र १३औँ भन्ने शब्दावलीमा एकरुपता नदेखिएपछि सामाजिक सञ्जालमा ‘गाइजात्रा’ भनेर आलोचना गरिएको छ ।

Published : Thursday, 2020 May 28, 11:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया