कास्की कांग्रेसद्वारा राहत र परीक्षण बढाउन माग, वडाध्यक्षहरूसँग छलफल

पोखरा । नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका वडाहरूमा निर्वाचित कांग्रेसका वडाध्यक्षहरूलाई लकडाउनबाट समस्यमा परेका मजदुर र अति विपन्न परिवारहरूलाई राहतको माग गरेको छ ।

नेपाली कांग्रेसका सभापति कृष्ण केसीले लकडाउनबाट समस्यामा परेका अति विपन्न र मजदुरहरूलाई राहत दिनुपर्ने बताएका हुन् । केन्द्र सरकार, प्रदेश र स्थानीय सरकारहरूले लकडाउनबाट समस्यामा परेका अति निम्न वर्गको मागलाई सम्बोधन गर्न नसकेको आरोप लगाए ।

बैठकमा कास्की कांग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति र १० वटा वडाका वडाध्यक्षहरूको सहभागिता रहेको थियो ।

बैठकले लकडाउन लम्बिरहेका बेला गरीब तथा विपन्न परिवारका लागि राहत अत्याश्यक भएकाले राहत व्यवस्थापन गर्न माग गरेको छ ।

कांग्रेसले कास्कीमा कोरोना परीक्षणको दायरा बढाउन पनि माग गरेको प्रवत्ता नवीन सिग्देलले जानकारी दिएका छन् ।

कोरोना संक्रमण र लकडाउनपछि आमनागरिकमा परेको प्रभावसँगै जनप्रतिनिधि र पार्टीले निर्वाह गर्नुपर्ने भूमिका विषयमा छलफल भएको थियो ।

Published : Wednesday, 2020 May 27, 7:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया