यी हुन् बुधबार ‘फुली’ लगाउने नयाँ ६० डीएसपीहरू (नाम)

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले निरीक्षकबाट नायब उपरीक्षकमा बढुवा भएका ६० जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

बुधबार नेपाल प्रहरीको मुख्यालय नक्सालमा आयोजित विशेष कार्यक्रममा आईजीपी ठाकुरले नायब उपरीक्षक (डीएसपी)हरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

जेठ १३ गतेको गह मन्त्रालय सचिवस्तरको निर्णयबाट प्रहरी निरीक्षकबाट ६० जना प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका थिए ।

आईजीपी ज्ञवालीले पदोन्नति भएका अधिकृतहरूलाई बधाई तथा शुभकामना दिँदै सांगठनिक जिम्मेवारी थपिएकोले प्राप्त जिम्मेवारी एवम् संगठनको उद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गरी उच्च मनोबलका साथ उत्कृष्ट काम गर्न निर्देशन दिए ।

व्यक्तिभन्दा संगठनलाई बलियो बनाउनेतर्फ सबै प्रहरी कर्मचारीहरू अग्रसर हुनुपर्ने उल्लेख गर्दै ठाकुरले राज्यले सुम्पेको दायित्व र भूमिका तथा नागरिक केन्द्रित सेवा प्रवाह गर्न निष्ठापूर्वक एवं उच्च मनोबलका साथ दायित्व बोध गर्नुपर्ने बताए ।

Published : Wednesday, 2020 May 27, 7:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया