खटपट भइरहेका बेला चीनले भारतबाट आफ्ना नागरिक फिर्ता लैजाने

नयाँदिल्ली । भारतमा कोरोना भाइरस तिब्र रुपमा फैलिएपछि चीनले आफ्ना नागरिकलाई देश फर्काउने घोषणा गरेको छ ।

भारतको नयाँदिल्लीस्थित चिनियाँ राजदूतावासले सोमबार विज्ञप्ति जारी गरे आफ्ना नागरिकहरूलाई

कोरोनाका कारण भारतमा अड्किएका पर्यटक र व्यावसायीलाई विशेष उडानमार्फत देश फर्काउन लागेको चीनले जनाइएको छ ।

भारतमा कति चिनियाँहरू अध्ययन गरिरहेका, बसिरहेका वा काम गरिरहेका छन् भन्ने कुनै पनि तथ्यांक तत्काल उपलब्ध छैन ।

बेइजिङले देश फर्किन चाहने नागरिकहरूलाई मे २७ को बिहानसम्म दूतावासमा सम्पर्क गर्न भनेको छ ।

यसमा योगा अभ्यास सिक्न र बौद्ध तीर्थ यात्रामा आएका नागरिकहरूलाई समेत समावेश छन् ।

भारत र चीनको सीमाक्षेत्रमा दुबै पक्षबीच विवाद भइरहेका बेला चीनले कोरोना भाइरसको बहाना बनाएर आफ्ना नागरिकलाई फिर्ता लैजान लागेको छ ।

देश फर्कन चाहने चिनियाँ नागरिकले आफ्नो टिकटको आर्थिक व्यवस्थापन स्वयंले गर्नुपर्नेछ ।

Published : Wednesday, 2020 May 27, 2:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया