मंगलबार ९० जनामा कोरोना पुष्टि, ७७२ पुग्यो संख्या

काठमाडौं । देशभरि पीसीआर परीक्षण गर्दा मंगलबार ९० जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले ९० जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए ।

महत्तरीमा २, बारामा कार्यरत जुम्लाका २, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २, सुर्खेतका १२ जनासहित कोरोना संक्रमण पुष्टि भएको डा.देवकोटाले बताए ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७७२ पुगेको छ । तीमध्ये अहिलेसम्म ४ जनाको मृत्यु भएको छ । १५५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

पछिल्लो समय नेपालमा दैनिक कोरोनाको संक्रमण वृद्धि बढेको छ ।

Published : Tuesday, 2020 May 26, 5:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया