फिलिपिन्समा चीनले पायो दुई लाखभन्दा धेरै डिस्लाइक

नयाँदिल्ली । मनिलास्थित चिनियाँ दूतावासले कोभिड–१९को अग्रपंक्तिमा कार्यरतहरूमाथि समर्पित गर्दै एक म्युजिक भिडियो जारी गरेको छ ।

भिडियोले फिलिपिनी इन्टरनेट प्रयोगकर्ताहरूमा राम्रो प्रभाव पार्नुभन्दा पनि उनीहरूलाई चीनप्रति झन् क्रृद्ध बनाइदिएको छ ।

कारण, उक्त गीतमा दक्षिण चीन सागरको सन्दर्भ जोडिएको छ जसलाई स्थानीयले फिलिपिन्स सागर भनेर चिन्छन् ।

आईसांग डागत अर्थात् ‘एक समुद्र’ बोलको उक्त गीतको शाब्दिक रचना चिनियाँ राजदूत एचईद्वारा गरिएको हो । दूतावासमै कार्यरत चिनियाँ कूटनीतिज्ञ हुआबलन जिलियान र केही फिलिपिनी तथा चिनियाँ कलाकारहरूद्वारा संयुक्त रुपमा गाइएको छ ।

गीतमा दुई देशहरूबीचको मित्रता र महामारीको सामना गर्न पारस्परिक सहयोगको कुरा गरिएको छ ।

चिनियाँ दूतावासले ट्वीटरमा उक्त गीत पोस्ट गर्दै लेख्यो कि गीतमा उल्लेख भएजस्तै समुद्र वारीपारीको दुई छिमेकीले आपसी सहकार्यमा यथाशीघ्र चाँडो महामारीलाई जित्नेछ ।

फिलिपिनीहरूले यसलाई समुद्री क्षेत्रमाथि फिलिपिन्सको दावीलाई कमजोर पार्ने आशंकाको दृष्टिले हेरेका छन् । उनीहरूले भिडियोको व्यापक बिरोध गरेका छन् ।

चीनले फिलिपिन्सको समुद्री क्षेत्रमा अनाधृकित कब्जा गरेकोले त्यहाँ चीन विरोधी भावना बढ्दै गइरहेको छ ।

यस्तो अबस्थामा समुद्रसँग सम्बन्धित म्युजिक भिडियो जारी हुँदा फिलिपिनीहरूको चीन विरोधी भावनालाई एक पटक पुुनः सतहमा ल्याइदिएको छ ।

म्युजिक भिडियोमा २ लाखभन्दा बढी डिस्लाईक गरिएको छ । ४ हजारभन्दा कम लाइक गरिएको छ ।

Published : Tuesday, 2020 May 26, 4:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया