स्वास्थ्यमन्त्री ढकालको स्वाब संकलन, होम क्वारेन्टाइनमा मन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यमन्त्री भानुभक्त ढकाललाई कोरोना भाइरसको संक्रमणको आशंकामा स्वाद संकलन गरेर परीक्षण गर्न पठाइएको छ ।

मंगलबार मन्त्री ढकालको कोरोना जाँच्न स्वाब लिइएको स्वास्थ्य सचिव यादव कोइरालाले बताएका छन् । मन्त्री ढकाल अहिले होम क्वारेन्टाइनमा बसेका छन् ।

मन्त्री ढकालसँग जम्काभेट भएको मानिसलाई कोरोना देखिएपछि स्वाब संकलन गरिएको कोइरालाले बताए ।

कहाँका संक्रमितसँग मन्त्री ढकाल सम्पर्कमा आएका थिए भन्नेबारे भने उनले खुलाएनन् ।

मन्त्री ढकाललाई कोरोना लागेको भन्ने हल्लामात्र भएको उनले बताए ।

कोरोना लागेका व्यक्तिसँग मन्त्रीको भेट भएको पाँचदिन भएको छ । ‘ती व्यक्तिलाई कोरोना देखिएपछि जाँचौं न भनेर जाँच्नुभएको हो’, सचिव कोइरालाले बताएका छन् ।

स्वास्थ्यमन्त्रालयमा काम गर्ने अन्य कर्मचारीको समेत कोरोना जाँचका लागि स्वाव संकलन गरिएको सल्लाहकार डा.खेम कार्कीले बताए ।

Published : Tuesday, 2020 May 26, 4:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया