कोरोना महामारीमा मजदुरका साथ लड्दै मजदुर एकता समाज

प्रिया राना, ब्राजिल

संसारभरिका श्रमजीवी मजदुरहरू एक हौं र मजदुरमाथी हुने शोषण, अन्याय तथा ब्याल्कमेलिङविरुद्ध मजदुरको लागि मजदुर अभियान भन्ने नाराको साथ बिदेशमा बस्ने नेपाली मजदुरहरूको हकहित र अभिभावक बन्नको लागि मजदुरहरू आफै मिलेर नेपाली मजदुर एकता समाजले प्रबास ब्यूरो निर्माण गरेको छ ।

राष्ट्रिय स्वधीनताको रक्षा, भ्रष्टचार तथा समाजिक बिकृतिको अन्त्य र स्वाभिमान नेपालीको पहिचान बोकेको यो संस्थामा संसारको सबै बिदेशी भूमिमा मजदुरी गर्दै आउनुभएका मजदुरहरूले आफ्नो पीडा, दुःख र समस्या पोख्न पाउनेछन् ।

बिदेशी भूमिमा अलपत्र परेका, दुःख पाएका, मेनपावरबाट ठगिएका, कम्पनीबाट ठगिएका ब्याक्तिको उचित ठाउँमा संयोजन र पहल गरि उनीहरूलाई सहयोग र उद्धार गर्ने यो संस्थाको मेन उदेश्य रहेको छ । भर्खर मात्र स्थापना भएको यस संस्थामा अहिले संसार भरिका १५ देशका मजदुर साथीहरू अभियानमा जोडिएका छन् । संसारभरिका जो कोही व्याक्तिहरू यो संस्थामा बिना स्वार्थ जोडिएर मजदुरको हकहितको लागि लड्न पाउनेछन् ।

अहिलेसम्मको तथ्यांकलाई हेर्दा मजदुरहरूको सबैभन्दा बढी समस्या खाडी मुलुकमा हुने गर्दछ । खाडी देशमा काम गर्ने हजारौं नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सधैँ पीडा र समस्यामा परेका हुन्छन् । उनीहरू हरेक दिन अनेक थरिका समस्याहरू भोग्न बाध्य भएका छन् । यस्ता पीडामा बसेकालाई उद्घार गर्ने, सहयोग गर्ने भनेर विभिन्न संस्थाहरू खोलेर पनि काम नगरी आशा मात्र देखाइएको गुनासा आउने गरेका छन् ।

ठूला काम गर्छौ भनि भब्य कार्यक्रम गरि दुई चार–जना सञ्चारकर्मी र केही ठूला भनौदा भ्रष्ट मान्छेलाई खादा ओढाएर आफू पनि चाङ खादा र माला लगाई केही मान्छे जम्मा गरि उनीहरूको अघि घाटी सुक्ने गरि भाषण गरेर आफूलाई सबैभन्दा मजदुरमुखी दाबी गर्नेहरूको जमात पनि हामीले देखेका छौँ ।

उनीहरू कामभन्दा नामको चर्चा र पैसाको पछि लागेका छन् । यस्ता संस्थाभन्दा अलग्गै यो संस्थाले इमानदारिताका साथ काम र कर्तव्यलाई पूरा गरि निरन्तर अघि बढनेछ भन्ने हामीले विश्वास लिएका छौँ । यतिबेला अरुले जस्तै बाहिर हल्ला नगरे पनि साच्चिकै मजदुरहरूको सक्रियता पूर्वक लागेको देखिन्छ ।

मजदुरका लागि मजदुर अभियानअन्तर्गत २८ जुलाई २०१९ मा स्थापना गरि औपचारिक रुपमा मलेसियाबाट शुरु गरिएको यो संस्थाले सुरुवातमै मलेसिया, साउदी लगायत विभिन्न देशका मजदुरहरूको उद्धार तथा न्यायको क्षेत्रमा सक्रिय भएसँगै मजदुरमाझ निक्कै लोकप्रिय बनेको छ ।

यसरी नै स्थापनादेखि निरन्तर सक्रिय रहँदै मलेशिया, साउदी, कतार, युएई लगायत देशमा गरि हजारौं पीडित कामदारको उद्दार तथा न्यायको निम्ति पहल गरिसकेको छ ।

पछिल्लो चरण कोरोनाभाइरसको महामारीसंगै मजदुरमाथीका समस्या समाधानको निम्ति पहल सहजीकरण र प्रत्यक्ष उद्धारमा सक्रिय रहँदै आएको छ । एक महिना मात्रै युएईमा अलपत्र ३०० कामदारबारे तथा विभिन्न देशमा अलपत्र कामदारलाई व्यवस्थापन तथा स्वदेश फर्काउनको निम्ति अन्तर्राष्ट्रिय समितिले एक विज्ञप्ति जारी गर्दै सम्बन्धित देशका नेपाली राजदूतावास, वैदेशिक रोजगार बिभाग, श्रम मन्त्रालयमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको थिए ।

अहिले उक्त कामदारहरूलाई युएई दूतावासको आग्रहमा विभिन्न संघ–संस्थाहरूले राहत व्यवस्थापन गर्दै आएका छन् । मलेसियामा १८ मार्चदेखि कोरोनाभाइरस नियन्त्रण गर्नको लागि मलेसिया सरकारले गरेको मुभमेन्ट कन्ट्रोल अर्डर लागू भएसँगै मलेसियाको विभिन्न ठाँउमा काम गर्दै आएका श्रमिक दाजुभाइ दिदीबहिनीहरू विभिन्न समस्या पर्न थालेका छन् । विशेष गरि भिसा सकिएर नेपाल फर्किन अन्तिम तयारी गर्दा मेलेसिया सरकारले यो नियम लागू गरेपछि भिसा सकेर बसेका सयौँ नेपालीहरू अलपत्र परेका छन् ।

उनीहरूलाई अहिले अबैधानिक भन्दै मलेसिया प्रहरीले पक्राउ गरेको र गर्दै आइरहेको छ । महामारीको समयमा विभिन्न कम्पनीले श्रमिकलाई कामबाट निकाली दिने, खाद्यान्न अभाव तथा कोरोना कोषभन्दै यो संबेदनशील घडीमा जोखिम मोलेर काम गरिरहेको श्रमिकलाई तलबमा कटौती गर्ने जस्ता कामले मजदुरलाई झन् पीडित बनाएको अवस्था छ ।

यस्ता गुनासाहरू धेरै आएको हुँदा पीडितहरूलाई उचित न्याय र भिसा सकेर नेपाल फर्किन पर्खेर बसेका नेपालीहरूलाई छिटोभन्दा छिटो नेपाल फर्काउन पहल गर्न र ब्यवस्थापन गर्न नेपाली राजदूतावास कोलालाम्पुर मलेसियामा यो नेपाली मजदुर एकता समाज मलेशिया समितिले पनि ध्यानाकर्षण गराएको छ ।

विभिन्न देशबाट यस्ता समस्याहरू निरन्तर आइरहेको र यो संस्थाले यस्ता समस्याको समाधान गर्न निरन्तर लागिपरेको छ । संस्थाले अन्तर्राष्ट्रिय हटलाइन नम्बर फेसबुक पेज आइडीमार्फत मजदुरहरूलाई सहजीकरण गरेको छ । तपाईंहरूको सहयोग, साथ र मायाले यो संस्थालाई अझ बढी काम गर्न हौसला मिल्नेछ ।

विभिन्न देशमा समस्यामा परेका नेपालीहरूले यो संस्थालाई सिधै खबर गरि सहयोग माग्न सक्नेछ । उनीहरूको समस्यालाई समाधान गर्नेछ भन्ने पूर्ण आशावादीसहित शुुभकामना व्यक्त गर्दछौँ ।

Published : Sunday, 2020 May 3, 8:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया