एनआरएनएमा राजीनामाको लहर, यस्तो छ रहस्य

काठमाडौं । नेपालीको लागि नेपाली र एक पटकको नेपाली सधैको नेपाली भन्ने अति आकर्षक नाराले समेटेको विदेशमा बस्ने सबै नेपालीहरूको साझा र छाता संस्था एनआरएनए बाट जिम्मेवार ब्याक्तिहरुले आफ्नो पदबाट भकाभक राजिनामा दिइ रहेका छन् ।

जिम्मेवार पदबाट राजीनामा दिदै गर्दा के रह छ सम्वेदनशील विषय भन्ने सबैलाई कौतहल र जिज्ञासा लाग्नु स्वभाविक हुन सक्छ ।

गत अक्टोबरमा निर्वाचित भएको एनआरएनको ग्लोबल कार्यसमितिले अहिलेसम्म एउटा राम्रो बताउन लायक काम गरेको कुनै एक उदाहरण छैन ।

नेपालमा खड्गप्रसाद ओलीकाे सरकारले जस्तै ओली सरकारको आशीर्वादबाट निर्बाचित एनआरएनको पनि घोटालै घोटालाको उस्तै हालत भइरहेकाे अभियाेग छ ।

नेपाल र नेपालीको लागि स्थापना भएको एनआरएन अहिले घोटाला कसरी गर्ने र दाम कसरी कमाउने कमाउ धन्दामा परिणत भएको छ । सबै घोटालाको बारेमा अहिले भरखरै एनआरएनको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा.हेमन्त दवाडीले प्रस्तुत गरेको विस्तृत विवरणले स्पस्ट देखाएको छ ।

अरुले गरेका भए नभएका कार्यको छानबिन नगरी आफ्नो स्वामित्वमा लिन सामाजिक संजालबाट सार्वजनिक गर्ने एनआरएनको नेतृत्वले कार्यकारी निर्देशक डा.हेमन्त दवाडीको रिपोर्ट सर्वसाधारण एनआरएनहरूको जानकारीको लागि सामाजिक संजालबाट सार्वजनिक गर्ने आँट र हिम्मत राख्न सक्ला त ? संस्थाको आर्थिक हिनामिना, अनियमिता र ठूलो भ्रष्टाचारले एनआरएनलाई धरासायी बनाएको छ।

संसारभरका एनआरएनहरूको रगत र पसिनाको कमाईबाट संस्थालाई प्रदान गरेको रकम माथी एनआरएनको नेतृत्वले मस्ती मारीरहेको छ ।

एनआरएनको चुनावमा १८, २० करोड स्रोत नखुलेको कालो धन खर्चेर चुनाव जित्नु पर्ने वाध्यतालाई २ वर्षे कार्यकालबाट उपर गरि भविष्यलाई समेत संचय गर्न सक्ने सामर्थ्य एनआरएनको नेतृत्वले गर्ने गरेको देखिन्छ ।

कमाउ धन्दामा कुरा नमिल्दा आपसमा टकराव उत्पन्न हुने गरेका ज्वलन्त प्रमाणहरू छताछुल्ल बाहिर बजारमा आईरहेका छन् । कमाउ धन्दामा लागीरहेको नेतृत्व कम्युनिस्ट सरकारको हनुमानगिरीमा निरन्तर व्यस्त रहेको छ ।

एनआरएन नेतृत्व परराष्ट्र, अर्थ, भूमिसुधार र उर्जा मन्त्रीको गफले मात्र पूरा नभई गृह एवम् प्रधानमन्त्रीसम्मको आफूसित राम्रो पहुँच र सम्बन्ध भएको विभिन्न संचार माध्यम र सामाजिक संजालबाट बताउँदै आएको छ ।

प्रधानमन्त्री ओलीले जस्तै दम्भ, अहंकार, ठूलो गफ र रवाफले गर्दा एनआरएनको आस्था, मानसम्मान र महत्वको अस्तित्वमा नै प्रश्नवाचक चिन्ह लाग्ने समय नजिक आउँदै छ ।

आर्थिक हिनामिना र अनिमियता गर्न एनआरएनका कर्मचारीले समेत साथ सहयोग नगर्दा पालैपालो जबर्जस्त राजीनामा गराउने तर्खरमा नेतृत्व लागीपरेको छ । डा.हेमन्त दवाडीको राजीनामासंगै अर्का कार्यकारी निर्देशक राजेश राणालाई स्पष्टीकरण सोधपुछ गरिरहेको छ ।

अन्त्यमा राजेश राणालाई पनि राजीनामा गराई आफ्नो हनुमानलाई निर्देशक बनाउने तयारीमा नेतृत्व रहेको देखिन्छ। महासचिव डा.हेमराज शर्माले आफ्नो कुनै नजिकको मानिसलाई निर्देशक बनाउने चलखेलमा लागेको संकेत र प्रमाणहरू पनि देखिदै आएका छन् । यो सबै हेर्न बाँकी नै छ । भविष्यले बताउला ।

अहिले एनआरएनको नेतृत्व धेरै ठूलो दवावमा परेको छ । एनआरएन कुमार पन्तको नेतृत्वलाई अनेकौं साङ्गठनिक चुनौतीहरू अगाडि आईरहेका छन् । गत विश्व सम्मेलनमा महासचिव डा.बद्री केसीको साङ्गठनिक प्रतिबेदन र कोषाध्यक्ष हिक्मत थापाको आर्थिक प्रतिबेदन साधारणसभाले सिधै अस्वीकार गरीदिएको थियो ।

बिधान समितिका संयोजक रहेका वर्तमान महासचिव डा.हेमराज शर्माले संस्थाको बिधान बारेमा कुनै छलफल नै गर्न चाहेनन्। सबै महत्त्वपूर्ण बिषयलाई थाती राखी ३ महिनापछि अर्को साधारण सभाको आयोजना गर्ने सर्तका साथ अधि बढ्ने अभिमत साधरणसभाबाट प्राप्त भएको थियो ।

एनआरएन ग्लोबल कार्यसमितिको प्रत्यक्ष पोखरा बैठकले एक वर्षपछि अक्टोबरमा विज्ञ सम्मेलनसित विशेष साधारणसभा गर्ने निर्णय गर्‍यो । यो निर्णय गत बिश्व सम्मेलनको साधारणसभाको अभिमतको बिरुद्ध भएकोले धेरै जिम्मेवार ब्यक्तिहरू यस निर्णय विरुद्धको अग्रपंक्तिमा आए ।

यी विभिन्न कारणले गर्दा एनआरएनको नेतृत्वसित असमत देखाउने धेरै अग्रज तथा अभियन्ताहरू आ-आफ्नो जिम्मेवारीबाट राजीनामा दिने क्रम चल्न थाल्यो । सर्वप्रथम निबर्तमान अध्यक्ष भवन भट्टले आफ्नो पदबाट राजीनामा दिए ।

अध्यक्षका धेरै नजिक र ठूलो सहयोगी अष्ट्रेलिया निवासी भवानी ओलीले बिधानसमितिबाट राजीनामा दिए । तेस्रोमा पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा.शेष घलेले प्रमुख संरक्षक पदबाट राजीनामा दिए ।

अझैसम्म पनि नेतृत्वले गोप्य राखेको छ । चौथोमा कार्यकारी निर्देशक डा.हेमन्त दवाडीले राजीनामा दिएका छन् । सबै जिम्मेवार पदका ब्यक्तित्वले राजीनामा दिनु एनआरएनको लागि ठूलो दुर्भाग्य हो ।

आईसीसीको बैठक

सदस्यहरूबाट अनेक जिज्ञासा राख्ने क्रममा अध्यक्ष र महासचिवको बिचारभन्दा फरक आयो भने त्यस्तो आईसीसी सदस्यलाई महासचिवले समय घटाउने वा उपलब्ध नगराउने गरेको धेरैभन्दा धेरै आईसीसी सदस्यहरूले जनगुनासो गर्दै आएका छन् ।

संस्थाका धेरै महत्वपूर्ण विषयहरू र जटिल समस्याहरूलाई बैठकमा छलफल नगरी थन्काएर राख्ने गर्दै आएको छ । कैयौं आईसीसीहरूले सार्वजनिक गर्न नेतृत्वसित माग गरेका छन् ।

यदि एनआरएनको वर्तमान नेतृत्वको यस्तै रवैया रहीरहने हो भने यसको विकल्प खोज्न वाध्य हुने धेरै एनआरएन अभियन्ताहरूको भनाइ छ ।

Published : Sunday, 2020 May 3, 12:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया