चीनबाट विद्यार्थी ल्याउने सरकारले सीमामा रोकिएकालाई किन नल्याएको ?

आशुतोष झा ‘नवीन’

यतिबेला सीमा नाकामा नेपालीहरू भोकभोकै अड्किएका छन् । आफ्नो मातृभूमि प्रवेश गर्न नपाएर विदेशकै भूमिमा हाम्रो दाजुभाइ दिदीबहिनी रोकिनु दुःखद् हो । सैद्धान्तिक रूपमा चीनबाट हवाई जहाज नै चार्टर्ड गरि ल्याउने र भारतीय सीमाबाट नेपालीलाई स्वदेशमा ल्याउनु कुनै फरक कुरा होइनन् ।

प्रधानमन्त्री ज्यूको नजरमा कुनै नागरिक फरक हुँदैनन सबै बराबर हुन्छन् । तिर्खा लागेको हाम्रा दाजुभाइ पानी पनि खान नपाएर भोकै पेटमा कैयन किलोमीटर पुलिस लाठीचार्ज खादैखादै आफ्नो घर पुग्ने अभिलाषा बोकेको नेपालीहरूको पीडालाई राज्यले जसरी पनि सम्बोधन गर्नैपर्छ ।

अहिलेको परिस्थितिमा उनीहरूलाई क्वारेन्टाइनभित्र कडाइका साथ भए पनि राख्नैपर्छ । त्यतिकै विदेशी भूमि अलपत्र अवस्थामा छाड्न पाइन्न । सावधानी पूर्वक एकएकको स्वास्थ्य जाँच गरि सुरक्षाकर्मीको निगरानीमा क्वारेन्टाइनमा १४ दिन पूरै राखेर मात्रै घर जान दिने निर्णय गरियोस् । आफ्नै भूमिमा काम नपाएर भारतको विभिन्न होटल, कारखाना, घरमा काम गर्ने उनीहरूको रोजीरोटी बन्द भएको छ ।

सरकारलाई यस्तो विपतको बेला यतिका दिन तयारी गर्ने समय पाउँदा पनि यसरी भोको पेट्मा रहेकोे आफ्ना नागरिकलाई अलपत्र पारिनु संविधानको हक विपरीत छ ।

जसरी चाईनाबाट नेपाली विद्यार्थीलाई भीआईपी सम्झेर नेपाल ल्याई क्वारेन्टाइनमा राखिने व्यवस्थापन गरिए त्यसै गरि यी गरिब, मजदुर नेपालीलाई पनि सरकारले पूर्णतः व्यवस्थापन गरि उनीहरूको घर पुर्‍याउनमा मद्दत गरोस् । कोरोना कहरमा विकसित देशलाई हम्मेहम्मे परेको यो समस्या विकासोन्मुख देशको लागि सजिलो त पक्कै छैन ।

तर, गर्न सक्ने जति गरिनुपर्छ । भारतीय ईमर्जेन्सीको बेला विपत्तिबाट आफ्ना फर्किन सीमामा आएको हाम्रा बन्धुहरू कुनै अपराधी होइनन् । तिनै बन्धुहरू आज देशमा काम नपाएर विदेश भूमि बसेर रोजीरोटी गएको कारण आज भार कम भएको छ । भ्रष्टाचारीहरूले भ्रष्टाचार पनि मज्जाले गर्न पाएका छन् । वडाध्यक्षले चढने मोटरसाइकल तथा गाउँपालिका अध्यक्ष, नपाका मेयर र सांसदलाई करौडोको गाडी चढ्न पाइयो ।

विपतको बेला घर फर्किन चाहेको नेपालीलाई जम्मा १४ दिन क्वारेन्टाइनमा राख्नलाई व्यवस्थापन गर्न नसक्नु दुःखद् । आज त्यही नेपालीहरू घर फर्किदा नाकामा पुलिसले लठ्ठीले हिर्काउदै देश छिर्न दिइएको छैनन् ।

मानौं कि उनीहरू विदेशी कुनै नामुद अपराधी हुन् । सरकारद्वारा गरिएको यस्ता व्यवहार असह्य हुन् । सरकारले तत्कालै नाकामा रोकिएको सम्पूर्ण नेपालीहरूलाई आफ्नो भूमि बोर्डर सीमामै क्वारेन्टाइन बनाइ १४ दिन जति क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरि अनि सम्मानको साथी सबैलाई आआफ्नो घरसम्म पुर्‍याउ ।

(झा नेविसंघका नेता हुन्)

Published : Thursday, 2020 April 2, 12:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया