यी हुन् कांग्रेसका राष्ट्रिय सभाका उम्मेदवारहरू

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि १४ उम्मेदवारको नाम टुंग्याएको छ ।

काठमाडौको बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बिहान बसेको पदाधिकारी बैठकले उम्मेदवारहरूको टुंगो लगाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसले प्रदेश १ मा निरबहादुर विश्वकर्मा (पाँचथर, दलित), मीना पुलामी मगर (सुनसरी, महिला), राजेन्द्र घिमिरे (झापा, अन्य)मा टिकट दिएको छ ।

प्रदेश २ मा नगिना यादव (महोत्तरी, महिला), भोला पन्जियार (धनुषा, अल्पसंख्यक, अपाङ्गता) मा टिकट दिएको छ ।

प्रदेश ३ मा हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक, अन्य), छलीकुमारी शर्मा उपाध्याय (चितवन, महिला)मा टिकट दिएको प्रवक्ता शर्माले बताएका छन् ।

प्रदेश ४ मा नेपाली कांग्रेसले सूर्यप्रसाद रेग्मी (स्याङ्जा, अन्य), विमला गौचन (म्याग्दी, महिला) मा टिकट दिएको छ ।

प्रदेश ५ मा नेपाली कांग्रेसले बालकृष्ण पाण्डे (अर्घाखाँची, अन्य), गिरिजा न्यौपाने (दाङ, महिला), मेराज हलवाई (बाँके, अल्पसंख्यक, अपाङ्गता)मा टिकट दिएको छ ।

प्रदेश ७ मा नेपाली कांग्रेसले प्रताप ठगुन्ना (बैतडी, अन्य), तुलसी देवकोटा (कैलाली, महिला) मा टिकट दिएको शर्माले बताए ।

९ माघमा १८ पदका लागि हुने निर्वाचनका लागि कांग्रेसले १४ उम्मेदवारको नाम टुंग्याएको छ ।

नेपाली कांग्रेसले प्रदेश ६ का २ उम्मेदवार साँझसम्म टुंग्याउने प्रवक्ता शर्माले बताएका छन् ।

बाँकी दुई सिटका लागि कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरेको छ ।

Published : Saturday, 2020 January 4, 3:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया