मेराे काम जनताकाे सेवा गर्ने हाे, विद्यासुन्दरसँग बकबक गर्ने हाेइनः हरिप्रभाव खड्गी

हरिप्रभा खड्गी श्रेष्ठ, उपमेयर, काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका तत्कालीन एमालेका नेता एवम् मेयर विद्यासुन्दर शाक्य विवादमा आइरहन्छन् । उनले काठमाडौं महानगरपालिकालाई ठूला सपना बाँडेर मेयरमा विजयी भएका थिए । तर, शाक्यले काम पूरा गर्नेतर्फ खासै ध्यान दिएका छैनन् । उनले नेपाली कांग्रेसबाट विजयी भएकी उपमेयर हरिप्रभा खड्गीलाई मिलाएर अगाडि बढेका पनि छैनन् । उपमेयर खड्गीले महानगरपालिकाभित्रका जनताको हरेक समस्या समाधानमा ध्यान दिने गरेकी छिन् । समग्र विषयमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसँग हाम्रा सहकर्मीले गर्नुभएको कुराकानीको सम्पादित अंश –

मेयर विद्यासुन्दर शाक्यले अकुपाइ टुँडीखेलको काम छैन भन्नुभएको छ । तपाई टुँडीखेल बचाउन लाग्नुभएको छ । यसलाई कसरी लिनुभएको छ ?

कसले के भन्छन त्यो आ–आफ्नो विषय हुन्छ । मेयरको आफ्नो व्यक्तिगत भइना हो । टुँडीखेल तीन करोड जनताको नासो हो । मेयर साबले आफ्नो तरिकाले भन्नुभयो होला । जनताको नासोलाई जनतालाई नै दिनुपर्छ भन्ने पक्षमा म छु । वीर अस्पताल र दरबार स्कुलले टुडीखेलमा सामान भरिएको छ । ती सामानलाई हटाउन तुरुन्त निर्देशन दिन सकिन्छ । दरबार हाईस्कुल पूरा भईसकेको छ । वीर अस्पताल पनि पूरा हुने तयारीमा छ । वीर अस्पतालको ढलानको काम सबै सक्किएको छ । अब फिनिसिङको काम मात्रै बाँकी छ । ०७२ सालको भुइँचालो गएको पनि धेरै भएको छैन । भूकम्प आयो भने त्यस क्षेत्रका जनता ज्यान बचाउन कहाँ लैजाने ? खाली ठाउँ त्यही एउटा टुँडीखेल मात्रै छ । त्यसको सुरक्षा गर्नुपर्छ । हामी सबैको दायित्व हो ।

मेयर साबले टुँडीखेल बचाउन लागेका अभियन्ताहरूलाई अकुपाइ टुँडीखेलको अभियान आवश्यक छैन भनेर किन भन्नुभयो होला ?

यो उहाँको भनाइ हो । मैले त्यो कुरा बुझ्न सक्दिन ।

मेयर र उपमेयरको कुरा अहिले पनि नमिलेको हो कि ?

त्यस्तो होइन । मिल्छ । मिल्ने भनेर मेयरले मसँग सरसल्लाह गर्नु हुन्न । म आफ्नै तरिकाले जनताको सेवा गर्न हिँडिरहेको छु । जनता मसँग नै बढी सम्पर्कमा आउने भएका कारणले मेयरलाई चित्त नबुझेको हुन सक्छ । म अफिसमा दशदेखि पाँच बजेसम्म बसेर जनताको काम गर्छु । जनता मसमक्ष सजिलै सम्पर्कमा आउनु हुन्छ । अकुपाइ पनि गराउनु हुँदैन । टुँडीखेल बचाउनुपर्छ । म सोहीअनुसार अगाडि बढेको छु । टुँडीखेलको रक्षा गर्छु ।

मेयरले तपाईको अधिकार कटौती गरेर आफैले काम गर्दै आएको भन्ने कुरा भएको छ रे ? कुरा के हो ?

अँ ! एक दुई वटा मुद्धाहरू चाहिँ बाहिर आएका छन् । अदालतबाट धेरै मुद्धाहरू फर्किएका छन् । न्यायिक अधिकार समितिको क्षेत्रभित्र परेको चिज चाहिँ किन मेयरले फैसला गरेको भनेर म कहाँ कुरा आईपुगेको छ । मलाई पनि अचम्म लागेको छ । संविधानले नै तोकेर लेखेको छ । उमेयर न्यायिक समितिको संयोजक हो । उपमेयरलाई यो–यो अधिकार छ भनेर लेखेको छ । संविधानले दिएको अधिकार कटौती गर्दा मेयरलाई नै घाटा पर्छ । न्यायिक समितिको अधिकारभित्र परेको विषयलाई उपमेयरलाई नै हेर्न पठाउनुपर्ने चिजलाई मेयर आफैले हेरेर निर्णय गरियो भने मेयरलाई नै घाटा पर्ने हो नि ।

अधिकार कटौती गरिएको विषयमा मेयरसँग कुरा गर्नुभएको छैन ?

मेयरलाई भेट्न पाएको छैन । बसेर कुरा गर्न पाएको छैन । बाहिर कार्यक्रममा भेट हुन्छ । औपचारिक रुपमा कुरा भएको छैन । यस्ता कुरालाई बसेर समाधान गर्न कसरी सकिन्छ भनेर परामर्श गर्नुपर्छ । मेयरसाबले कि यस्तो कुरामा हस्तक्षेप गरेको हो ? त्यो त उहाँ आफैले सोँच्ने हो । मेयर जनताको अभिभावक पनि हो । काठमाडौं महानगरपालिकाको अभिभावक हो । उहाँले त्यो कुरा आफैले राखेर किन निर्णय गर्नुभयो मैले पनि बुझ्न पाएको छैन । टुँडीखेल, हस्तक्षेपको विषयमा मेयरसँग कुरा गर्न पाएको छैन । उहाँले पत्रपत्रिकामा यति धेरै कुरा आईरहेका छन् । उपमेयरलाई तपाईले के गर्नुभएको ? किन हस्तक्षेप गरेको छ भनेर उहाँले प्रश्न गर्नु हुन्छ । मसँग त्यो प्रश्न आजसम्म मेयरले गर्नुभएको छैन । टुँडीखेलको समस्याको बोर्धाथ मेयरलाई मैले दिएको थिएँ । म आफू नै अबलोकन गरी संयोजकको नाताले टुँडीखेलको अपकुपाइको विषयमा जनताले ज्ञापनपत्र बुझाउन आएपछि नजाने कुरा हुँदैन । आफूले प्रत्यक्ष बेदना भोगेपछि त्यहाँको समस्या भोगिन्छ । राज्यको परिवर्तन भएको छ । टुँडीखेललाई जस्ताको त्यस्तै राख्नुपर्छ ।

ठमेलको छायाँ सेन्टरले पोखरी मिचेको, बौद्ध धर्मको सम्पदा मास्ने काम भएको छ भनेर भनिएको छ नि ?

हामी जनप्रतिनिधि भएर आउनुभन्दा पहिल काम गरिसकेका कारणले छायाँ सेन्टर ठगिएको थियो । त्यसको काम पूरा भइसक्यो । अब अदालतले फैसला दिनुपर्छ । गतल तरिकाले अकुपाइमा पार्नु हुँदनै । साँचो प्रमाण हुनु पर्‍यो । छायाँ कम्प्लेक्स बनाउन त्यस बेला कसले स्वीकृति दियो ? खोजविन हुनुपर्छ । छायाँसेन्टर बन्दै गर्दा त्यस बेला जनता किन चुपलागेर बसे ? छायाँ सेन्टरको जग राख्दै गर्दा हामीले बुझे अनुसार त्यहाँ पोखरी छ । त्यहाँको कमलको फूल भगवानको कमल चढाइन्छ भन्ने कुरा सुन्नमा आएको छ । हामीले गलत कुरालाई संरक्षण गर्ने छैनौँ ।

रत्नपार्कको पुरानो बसपार्टका भ्युटावर बनाउने कुरामा तपाईको भनाइ के छ ?

भ्युटावर पुरानो बसपार्कमा गर्नु हुँदैन भनेर मैले नै भनेको हु । पुरानो बसपार्कमा भ्युटावर बनाउनुपर्छ भनेर माथिबाट आदेश आएको कुरा हुने गरेको छ । बागबजार मेरो कर्मथलो पनि हो । समयमा भ्युटावर बनाएको भए सबैलाई राम्रो हुने थियो । त्यहाँ काम गरेको देखाइएको छ । भ्युटावर बनेको पटक्कै होइन । भ्युटावरको कारणले काठमाडौं कुरुप भयो । कि बनाउनु पर्‍यो कि छाड्नु पर्‍यो । उहाँ (ठेकेदार)ले काम पूरा गर्ने कार्य गर्नुभएको छैन । यो काम गर्न लागेको वर्षौं भइसक्यो । अब हामी सबै बसेर एउटा निर्णय लिनुपर्छ । जनप्रतिनिधिहरू बसेर एउटा टुँगोमा पु¥याउनुपर्छ ।

काठमाडौं महानगरपालिकाभित्र र वडाहरूमा भ्रष्टाचार बढेको कुरा आएको छ । कर्मचारीले आतंक नै मच्चाएका छन् भन्छन् । राष्ट्रिय सभा गृहको आम्दानीको स्रोत पनि लुकाइएको छ । पत्रकारलाई भनिदैन । समाचार लुकाइन्छ । यसरी भ्रष्टाचार हुँदा पनि तपाईहरू किन बोल्नु हुन्न ?

हामीलाई सबै कुरा मिलाएर देखाइएको हुन्छ । हामीले थाहा पाउने गरेर महानगरपालिकाभित्र भ्रष्टाचार भएको छैन । काठमाडौं महानगरपालिकाभित्र भ्रष्टाचार छैन । मैले भ्रष्टाचार रोक्ने प्रयास गरिहेका छौं । मेरो मात्रै एक्लो प्रयासले हुँदैन ।

मेयरसँग तपाईको समस्या के हो ?

मेयर साबसँग खासै समस्या छैन । उहाँको सबैभन्दा ठूलो कमजोरी भनेको सरसल्लाह नगर्ने नै हो । उपमेयरसँग परामर्श गरेर अगाडि बढ्दा राम्रो हुने थियो । गर्नु हुँदैन । मेयरले निर्णय गरेको कुरा धेरै पछाडि मात्रै मलाई जानकारी हुन्छ ।

मेयरले तपाईलाई पेलेर जाँदा मेयर शाक्यको ज्यादतीको विषयमा तपाईले कहाँ जानकारी गराउनु हुन्छ ?

मैले कुरा उठाउने भनेको नगरपरिषदमा हो । बैठकमा हो । मेयरको ज्यादतीको कुरा बोर्ड बैठकमा राख्ने गरेको छ । अफिसमा बसेर मेयरविरुद्ध एक्लै कराउनु भएन ? पार्टीलाई मैले भन्नुपर्ने कुरा भनेको छ । मेयरसँग काम गर्न सजलो छैन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि यस विषयमा कुराकानी भएको छ ।

सभापति देउवाले के भन्नुभएको छ ?

मैले सबै कुरा सभापतिलाई भनेको छु । उहाँले हेरौँला भन्नुभएको छ । सभापतिले चुप लागेर बस्ने होइन भन्नुभएको छ । नराम्रो काम भएको छ भने जनता समक्ष भण्डाफोर गर्नुपर्छ भन्नुभएको छ ।

रानीपोखरी कहिले बन्छ ? त्यसको समस्या के हो ?

रानीपोखरी बन्ने भइसकेको छ । अब दक्षजनशक्ति चाहिएको छ । रानीपोखरीमा डोजर लगाउनुहुँदैन भन्ने जनताको आवाज आइरहेको छ । अब सञ्चालन हुन्छ ।

काठमाडौंको धुलोधुँवा अहिलेसम्म नियन्त्रण हुन सकेको छैन । तपाई बागबजारको मान्छे । पुतलीसडकमा वातावरण अत्यन्तै नाजुक छ । यसको समाधान कसरी गर्नु हुन्छ ?

ब्रुमरले रातभरि काम गरेको छ । दुई वटा ब्रुमरले बाटो सफा गरिरहेको मैले देखिरहेको छु । धुलो सफा गर्ने काम भएको छैन भन्न मिल्दैन । भरखरै दुई वटा ब्रुमर आएको छ । यसलाई निर्मुल पार्नको लागि सरकार मात्रै अगाडि बढेर हुँदैन । तीन वटै सरकार अगाडि बढ्नुपर्छ । काठमाडौं महानगरपालिकाभित्र ७७ वटै जिल्लाका मान्छेहरू यहीँ बसेका छन् । प्रधानमन्त्री, मन्त्री, सांसदहरू लगायत सबै यहीँ बस्ने हो । सफाइका बारेमा चताना पनि फैलाउनुपर्छ । नेपाल सरकारले नै काठमाडौं उपत्यकालाई धुलोमुक्त काठमाडौं बनाउनुपर्छ भनेको छ । सबै मिलेर सफाइमा लाग्नुपर्छ । हामीले स्थानीय सरकारलाई मात्रै दोष दिएर हुँदैन ।

नेपाली कांग्रेसले जनतालाई कर चर्को भएको छ भनेको छ । त्यसलाई घटाउनुपर्छ भनेर निर्देशन दिइसकेको छ । कर घटाउनेबारेमा के छ योजना ?

राजश्व परामर्श समिति उपेयरले नै हेर्ने हो । काठमाडौं महानगरपालिकाभित्र १२ प्रतिशत चाहिँ महानगरपालिकाले लिएको छ । नेपाल सरकारले दश प्रतिशत कर लिएको छ । करका विषयमा हामी सचेत छौँ । कर घटाएका पनि छौँ । कर १२ प्रतिशतबाट घटाएर १० प्रतिशतमा पु¥याएका छौँ । अब हरेक वडाको प्रोफाइल नबनाइकन काम गर्न सकिँदैन । करको दायरा फराकिलो बनाउनुर्पछ । कर कम गर्नुपर्छ । महानगरपालिकाको ९ अर्ब रुपियाँ फ्रिज भएको छ । करको विषयमा मेरो कुराको सुनुवाई भएको छैन ।

Published : Thursday, 2019 December 12, 12:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया