पोखरामा नेकपाको चामल बोकेको ट्रक शुक्रबार राति कांग्रेसद्वारा कब्जा

पोखरा । सत्तारुढ नेपला कम्युनिस्ट पार्टी (नेकपा)ले मतदाताहरूलाई प्रभावित पार्न चामल ल्याएको ट्रकलाई नेपाली कांग्रेसका नेताहरूले नियन्त्रणमा लिएका छन् ।

चामलको बोराहरू बोकेर शुक्रबार राति निर्मलपाेखरीतर्फ जाँदै गरेको ग १ च १३६० नम्बरको ट्रकलाई कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले नियन्त्रणमा लिएका हुन् ।

निर्वाचनमा मतदातालाई प्रभाव पार्नका लागि चामल बाँड्न लगिएको नेपाली कांग्रेस नेता गुरु बरालले बताए ।

नेकपाका नेता तथा कार्यकर्ताले चुनाव भएको ठाउँमा मतदातालाई प्रभावित गर्न नगद, जिन्सी र आश्वासन दिँदै आएको सार्वजनिक भइरहँदा शनिबार हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी यस्ता गतिविधि भएको कांग्रेस नेता बरालले बताए ।

उनले चामल बोकेको ट्रक देखेपछि बाटोमा चेक गरिएको बताए । ‘ट्रक रोकेका छौं । अगाडीमा अज्ञात मान्छे छन्’ बरालले भने, ‘नियन्त्रणमा लिएर जनचेतन स्कुलको प्राङ्गणभित्र राखेका छ । ट्रकलाई प्रहरीलाई बुझाएका छौँ ।’

चामलको बोरा बोकेको ट्रक निर्मलपोखरीतर्फ जाँदै गरेको थियो ।

Published : Friday, 2019 November 29, 10:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया