भारतसँग अब हुन्छ हिसाब किताब, टिस्टादेखि काँगडाकाे भूमि फिर्ता गर

उपनिर्वाचनमा देश होमिएको छ । यही बेला दक्षिणी छिमेकी राष्ट्र भारतले नेपालको सिमाना मिचेको छ । आफ्नो नयाँ नक्सामा भारतले नेपाली भू–भागहरू मिसाएको छ । नेपालीहरूको मनमा चोट पुगेको छ ।

नाकाबन्दी लगाएर नेपाल र नेपालीलाई भारतले दिएको घाउ सेलाउन पाएको छैन । यही बेला भारतले कालापानी, लिपुलेकलाई आफ्नो नक्साभित्र पारेको छ । कालापानी र लिपुलेक नेपालको हो भन्ने जान्दा जान्दै भारतले देखाएको हर्कतले नेपाल रिसाएको छ ।

प्रत्येक दिन जस्तै भारतविरुद्ध प्रदर्शनहरू भएका छन् । सत्तापक्ष र प्रतिपक्ष दलहरू एक भएका छन् । भारतको विरोध गरिरहेका छन् । एक थरीले कालापानी र लिपुलेक राजा महेन्द्रले बेचेको भनेका छन् ।

कसैले वीपी कोइरालालाई दोषी दिएका छन् । तर, यी दुबै आरोपमा कुनै दम पनि छैन र प्रमाण पनि छैन ।

राजाहरू राष्ट्रवादी हुन्छन् । कम्युनिस्ट जस्ता झुठको खेती राजाहरूले गर्दैनन् । वीपी कोइराला राष्ट्रवादी नेता थिए । वीपीले चीनले दाबी गर्दै आएको सगरमाथालाई नेपालको एकलौटी बनाउन सफल भएका थिए । सगरमाथा जस्तो विषयलाई नेपालको एकलौटी बनाउन सक्ने वीपीले कलापानी र लिपुलेक भारतलाई दिए भन्न सकिदैन ।

कालापानीमा नेपाली पक्षबाट लापरबाही भएको छ । भारतीय सुरक्षाकर्मी आउँदा पनि नेपालले समयमा ध्यान दिएन । कालापानी र लिपुलेक नेपालको हो भन्ने प्रष्ट नै छ । यो कुरा भारतलाई थाहा छ । थाहा हुँदा हुँदै पनि भारतले किन बखेडा गरेको छ बुझ्न सकिएको छैन । नेपाल कमजोर छ भन्दैमा भारतले दवावमा राख्न सक्दैन ।

नेपालको आफ्नै किसिमको पहिचान छ । सार्वभौम नेपालमाथि भारतको यो दादागिरिले दुई मुलुकको कुटनीतिक सम्बन्धलाई असर पर्नेछ ।

भारतका दुश्मन देशहरू धेरै भइसकेका छन् । नेपालपनि त्यो सूचिमा परेको छ । नेपाल सानो देश भएपनि आफ्नो भूमिको रक्षा गर्न जानेको छ । कालापानीबाट भारतीय सुरक्षाकर्मी फर्कनुपर्छ ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकार छ । यो सरकारले कुटनीतिक पहल गरेर कालापानी र लिपुलेकको विषयलाई टुंग्याउनुपर्छ । भारतसँग कुरा गर्नुपर्छ ।

भारतपनि झस्किएको छ । भारत सुध्रिदैन भने सुगौली सन्धी खारेज गर्नुपर्छ । सन्धिका बेला भएका सम्झौताहरू खारेज गर्नुपर्छ । नेपालले अब टिस्टादेखि काँगडासम्मकाे गुमेकाे नेपाली भूभाग फिर्ता माग्नुपर्छ । अबदेखि याे विषय निरन्तर उठाउनुपर्छ ।

त्यस बेलाको ग्रेटर नेपालको नक्सालाई नेपालले चलनचल्तीमा ल्याउनुपर्छ । सुगौली सन्धी खारेज गरेपछि नेपालको भू–भाग कहाँसम्म थियो त्यो सबै भारतले फिर्ता गर्नुपर्छ । लिपुलेक र कालापानीलाई आफ्नो नयाँ नक्सामा भारतले राखेपछि पुनः नेपाल र भारतको सम्बन्धमा खटपट भएको छ ।

Published : Sunday, 2019 November 17, 11:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया