बदनाम भयो महरा ज्यू

दाङ क्षेत्र नम्बर २ का मतदाताहरू कथित राजीनामा दिएका कृष्णबहादुर महराको हर्कतले धेरैको शिर निहुरिएको छ ।

संसद सचिवालयभित्रै काम गर्ने एउटी महिला कर्मचारीलाई कोठामै गएर यौनसम्पर्क गर्ने महराका विषयमा छानविनको माग उठेको छ । रोल्पाबाट दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेर सांसद हुँदै सभामुख बनेका महराले कि यस्तो हर्कत गरे भनेर खोजविन गर्नुपर्ने देखिएको छ ।

दाङका मतदाताहरू महरासँग धेरै रिसाएका छन् । महरालाई जिताएपछि जिल्ला र क्षेत्रको विकास हुन्छ भनेर ठानेका दङगालीहरू यौन काण्डले दिक्क भएका छन् ।

महराको गल्ती हुँदै पनि सत्तारुढ नेकपाले बचाउ गर्दै आएको छ । नेकपाका नेता तथा कार्यकर्ताले कालोलाई कालो र सेतोलाई भन्न कुरा जान्नुपर्ने हुन्छ ।

दाङका जनताले जुन विश्वास र भरोसाका साथ मतदान गरेर महरालाई संसदमा पठाएका थिए । महराले आफ्नै कर्मचारीलाई गरेको व्यवहार निन्दनीय छ ।

महराले सभामुख पदबाट केही दिनका लागि मात्रै भनइ सधैका लागि राजीनामा दिनुपर्छ । बद्नाम भइसकेका महराले आफूलाई सुधार गरेर जानका लागि सबै पद छाड्नुको बिकल्प छैन ।

महिलालाई दवाव दिएर बयान फेर्न खोजेको चर्चा पनि छ । यदि त्यसो भयो भने ती महिला कर्मचारीले मात्रै नभई धेरैले गुनासो गर्न पाउँदैनन् । यदि त्यसो भयो भने सबैभन्दा पहिला महराको चरित्र हत्या गर्ने ती महिलालाई थुनामा राखेर कारबाही गर्नुपर्छ ।

हुन त महरालाई पनि हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने थियो । प्रहरीले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्ने आँट गरेन । चाहे जे भएपनि र जसले बचाउन खोजे पनि महराको बद्नाम भएको छ । (सम्पादकीय)

Published : Friday, 2019 October 4, 12:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया