अरिँगालका कारण एक जनाको ज्यान गयो

फङलिङ । ताप्लेजुङ जिल्लामा अरिङ्गालको गोला डढाउन रुखमा चढेका बेला खसेर एक जनाको मृत्यु भएको छ ।

रुखमा चढेका मैवाखोला गाउँपालिका वडा नम्बर ३ साँघुको गौतमडाँडा बस्ने ३० वर्षीय गोविन्द लिम्बुको रुखबाट खसेर मृत्यु भएको हो ।

गोविन्द र उनकै काकाका छोरा जितहाङ लिम्बु रुखमा रहेको अरिङ्गाल झार्न गएको रुखमा चढेका थिए ।

गोविन्द रुखबाट झरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिएका छन् ।

घटनाका बारेमा विस्तृत जानकारीका लागि ईलाका प्रहरी कार्यालय दोभान र साँघुमा रहेको प्रहरी चौकीबाट प्रहरी टोली परिचालित भएको छ ।

Published : Tuesday, 2019 October 1, 11:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया