महासंघको चियापानमा कांग्रेस सभापतिसहितका नेताहरूको जमघट

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत ११४० तथा छठ पर्व–२०७६ को उपलक्ष्यमा चियापान समारोहको आयोजना गरेको छ ।

महासंघ सचिवालय अनामनगर, काठमाडौंमा सोमबार आयोजित समारोहमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा.रामशरण महत, अर्जुन नरसिंह केसी, बालकृष्ण खाँण, दीपक गिरी, रामहरि खतिवडा लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

समारोहमा विभिन्न मन्त्रालयका सचिवसहित अन्य उच्च पदस्थ कर्मचारी, व्यापारी, नागरिक समाजका प्रतिनिधि, संचारकर्मी, कानून व्यवसायी, सुरक्षाकर्मी लगायतको पनि सहभागिता रहेको थियो ।

सहभागी सबैले एक आपसमा शुभकामना साटासाट गर्दै समृद्ध नेपाल निर्माणका लागि सबै पक्ष मिलेर जानुपर्ने धारणा राखेका थिए ।

महासंघको एसोसिएट सदस्य समन्वय समितिको व्यवस्थापनमा भएको समारोहमा देशभरबाट आएका निर्माण व्यवसायीहरूको पनि उत्साहजनक उपस्थिति रहेको थियो ।

महासंघले विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा वर्षेनी चियापान कार्यक्रम गर्दै आएको छ ।

Published : Monday, 2019 September 30, 11:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया