कांग्रेसकाे विराेधपछि डराएर कम्युनिस्ट सरकारका मन्त्री, फेबुकबाट हमला

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाली कांग्रेसलाई सरकारको विरोध गर्ने नाममा अराजकतावादको सहारा लिएको आरोप लगाएका छन् ।

विदेश भ्रमणमा रहेका मन्त्री भट्टराईले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर नेपाली कांग्रेसले अराजकतावादीलाई सघाएकोे आरोप लगाएका हुन् ।

नेपाली कांग्रेसले देशभरि चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएकाे हमलाकाे विराेध गरेपछि आत्तिएका मन्त्री भट्टराइले कांग्रेसकाे आलाेचना गरेका हुन् ।

मन्त्री भट्टराईले नेपाली कांग्रेसको नाम नलिई लोकतन्त्रवादीले अराजकतावादको घोडा चढ्न नसुहाउने बताएका छन् ।

‘लोकतन्त्रवादीले अराजकतावादको घोडा चढ्न सुहाउँदैन । यो सिंहमाथि सवार हुनु जस्तै हो’, उनले भनेका छन्, ‘चढ्ने बेलामा जोखिम, चढिसक्दा जोखिम अनि झर्ने बेलामा त झन् जोखिम ।’

भ्रष्टाचार विरोधी अभियानका नाममा सञ्चालित गतिविधिलाई नेपाली कांग्रेसले साथ दिएको उनको भनाइ छ ।

चितवनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताले नागरिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई कुटेर घाइते बनाएको घटनाको नेपाली कांग्रेससहितले विरोध गरिरहेका बेला कम्युनिस्ट सरकारका मन्त्री भट्टराईले विदेशबाट कांग्रेसमाथि धावा बोलेका हुन् ।

Published : Monday, 2019 September 30, 11:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया