कांग्रेस नेता खनालद्वारा नेकपा दाङका ठूला अरिँगालहरूको भण्डाफोर

घोराही । नेपाली कांग्रेसका युवा नेता एवम् पूवंसासद राजु खनालले दुईतिहाइको कम्युनिस्ट सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ करोड बजेट फिर्ता पठाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा पूर्वसांसद खनालले नेकपा दाङका सांसदहरूले १३ करोड रुपियाँ बजेट फिर्ता गराएको बताए ।

‘नेपाली कांग्रेसका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने निर्णय गर्नुभएको थियो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले ऐन बनाएर राप्ती स्वास्थ्य विज्ञान प्रस्ठानलाई कार्यान्वयनमा ल्याएको थियो’, उनले भने, ‘अहिलेको नेकपाको सरकारले प्रतिष्ठानलाई खारेज गर्न खोजेको छ । नेपाली कांग्रेसलाई अस्वीकार्य छ ।’

राजनीतिक प्रतिशोधका कारण नेकपा दाङले प्रतिष्ठानलाई खारेज गर्न खोजेको भन्दै नेपाली कांग्रेसका युवा नेता खनालले नेकपाका अराजक हर्कत नियन्त्रण गर्न माग गरेका छन् ।

तत्कालीन समयमा नेपाली कांग्रेसका सांसदहरूले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई घोराहीमा ल्याउन ठूलो संघर्ष गरेको भन्दै नेकपाले प्रतिष्ठानलाई रोक्न अर्को षड्यन्त्र गरेको भन्दै खनालले आपत्ति जनाए ।

Published : Sunday, 2019 September 29, 11:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया