भारतको सहयोगमा काठमाडौंमा विद्यालयको भवन निर्माण

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा.अजय कुमारले काठमाडौंको कुलेश्वर आवास माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

सन् १९८९ मा कुलेश्वर आवास परिवार कल्याण संस्थानले स्थापना गरेको यस कुलेश्वर आवास माध्यमिक विद्यालय सामुदायको सहयोगबाट सञ्चालित छ ।

हाल यस विद्यालयमा ८०० भन्दा बढी विद्यार्थी अध्ययारत छन् जसमध्ये ५० प्रतिशत छात्रा रहेका छन् ।

भारत सरकारको नेपाली रुपियाँ ३ करोड ८६ लाख अनुदान सहयोगमा निर्मित यस तीन तल्ले नयाँ विद्यालय भवनमा २० वटा कक्षा कोठा रहेका छन् ।

विद्यालय निर्माणको परियोजनालाई काठमाडौं जिल्ला समन्वय समितिले कार्यान्वयन गरेको हो ।

नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारलको प्रयासलाई पूरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकार खुशी व्यक्त गरेको छ ।

उद्घाटन कार्यक्रममा समितिका अध्यक्ष शिव सुन्दरराज वैद्य, वडाध्यक्ष श्रीमती शोभा सापकोटा, जिल्ला समन्वय अधिकृत पीताम्बर अधिकारी लगायत राजनीतिक नेता तथा सामुदायिक अगुवाहरूको सहभागिता रहेको थियो ।

Published : Saturday, 2019 September 28, 11:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया