आरजु राणाद्वारा कैलालीमा झुल र स्कुल सामाग्री वितरण

धनगढी । नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणाले कैलाली जिल्लामा डेँगी रोगसँग बच्नका लागि निःशुल्क झुलहरू वितरण गर्नुका साथै बालबालिकाहरूलाई स्कुल ब्याग वितरण गरेकी छिन् ।

डेंगीको जोखिममा रहेको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई डा.राणाले ३०० वटा झूलहरू हस्तान्तरण गरेकी हुन् ।

डेंगी रोगको संक्रमणबाट बच्न सबैले सतर्कता अपनाउन उनले अनुरोध गरेकी छिन् ।

‘निर्वाचनको समयमा मैले ३०० शैयाको अस्पताल बनाउन पहल गर्ने कुरा गरेको थिए’, उनले भनेकी छिन्, ‘सोही अनुसार पाँच करोड विनियोजन गर्न लगाएको कुरा सर्ववितिदै छ । सो बजेट वर्तमान कम्युनिस्ट सरकारले कटौती गरेको छ ।’

त्यसै गरी, कांग्रेस नेतृ डा.राणाले ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक), धनगढी उपमहानगरपालिका र सफा नेपालको समन्वय तथा चाइना फाउन्डेसनको आर्थिक सहयोगमा धनगढी उपमहानगरपालिकाका १५ विद्यालयका कक्षा एकदेखि पाँचसम्म अध्यनरत २००० जना विद्यार्थीलाई शैक्षिक सामग्रीसहितको झोला वितरण गरेकी छिन् ।

परोपकारी कार्यलाई सहजीकरण गरिदिने धनगढी उपमहानगरपालिकाका मेयर निर्प ओड, उपमेयर सुशीला मिश्र, हेमन्त शाही, सफा नेपाल संस्थाका राकेश हमाल र सुरेश प्याकुरेल, द चाइना फाउन्डेसनका संजय महर्जनका साथै वितरण कार्यमा खटिएका रुडुक कैलालीका ममता शाह, प्रमिला लम्साल, सुनिता राना, रुडुक कैलालीका पदाधिकारीज्यूहरू, राजेन्द्र रैका लगायत यस कार्यमा खटिएका थिए ।

Published : Saturday, 2019 September 28, 11:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया