कुवेतमा कांग्रेसको जनसम्पर्क समितिमा सर्वसम्मत अध्यक्ष चयन

कुवेत । नेपाली जनसम्पर्क समिति कुवेतको नयाँ कार्यसमितिको अध्यक्षमा राजेन्द्र बिक सर्वसम्मत चयन भएका छन् ।

कुवेतमा शुक्रबार सम्पन्न नेपाली कांग्रेस निकटका नेपाली जनसम्पर्क समितिको तेस्रो अधिवेशनले बिकको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न तेस्रो अधिवेशन तथा आठौँ वार्षिकत्सोवले कार्यसमिति चयन गरेको जनाइएको छ ।

महामन्त्री खड्काले जनसम्पर्क समिति कुवेतको नयाँ कार्यसमितिलाई बधाइ एवम् धन्यावाद दिएका छन् ।

Published : Saturday, 2019 September 28, 11:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया