गुरु नानकको ५५० औं जयंती मनाइयाे, स्मारक सिक्का लन्च

काठमाडौं  । नेपाल राष्ट्र बैंक र भारतीय दूतावासको संयुक्त आयोजनामा ​​भएको औपचारिक समारोहमा गुरु नानक देवजीको ५५० औं जयंती मनाइएको छ ।

काठमाडाैंमा शुक्रबार नेपाल राष्ट्र बैंकले गुरु नाकक देवजीको प्रतिकको रुपमा त्यार गरेको तीन प्रकारका स्मारक सिक्का लन्च गरिएको छ ।

सिक्का सिख गभर्नर डा.चिरंजीवी नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले संयुक्त रुपमालन्च गरेका छन् ।

तीन प्रकारका नेपाली सिक्काका मूल्य १००, १००० र २५०० रहेको छ । नेपाल राष्ट्र बैंकले बिक्रीका लागि खुला गरेको छ ।

यो वास्तवमै सराहनीय कार्य रहेकाे जनाइएकाे छ । यसले नेपालसंगको सिख समुदायको गहिरो सम्बन्ध दर्शाउन पनि मद्दत गरेकाे छ ।

सोही समारोहमा नेपाल र पुरीले नेपालको सिख धरोहर नामक प्रकाशनको बिमोचन पनि गरेका छन् ।

पुस्तक वीपी कोइराला भारत नेपाल फाउण्डेशन, भारतीय दूतावासले प्रकाशित गरेको हो । त्यसले प्रमुख रूपमा सिख समुदयलाई नेपालसँग जोड्न खोज्ने प्रयास गरेको छ ।

नेपालका लागि भारतीय राजदूत पुरीले नेपालको सिख धरोहरको मुख्य पक्षबारे प्रस्तुति पनि गरेका छन् ।

एस हरप्रीत सिंह, शोरोमणि गुरुद्वारा प्रभावक कमेटीका अध्यक्ष एस गोबिंद सिंह लोंगोवाल, अमृतसर, पंजाब, हरियाणा र हिमाचलको ऐतिहासिक गुरुद्वारका निर्वाचित व्यवस्थापकहरूका उपस्थित थिए ।

कार्यक्रममा पंजाब प्रदेशका केही प्रमुख सिख नेताहरूको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा लोकसभाका पूर्व उपसभामुख चरणजीत सिंह अटवाल पनि सहभागी थिए । नेपालका सिख समुदायका प्रतिनिधिहरू र विभिन्न क्षेत्रका नेपालीहरू पनि कार्यक्रममा उपस्थित थिए ।

Published : Friday, 2019 September 27, 10:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया