कार्यकर्ताको निधन भएपछि श्रद्धाञ्जलि दिन घरमै पुगे कांग्रेस नेता गिरी

घोराही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले आफ्नो निर्वाचन क्षेत्रका कार्यकर्ताको निधन भएकोमा घरमै पुगेर श्रद्धाञ्जलि दिएका छन् ।

दाङ जिल्ला क्षेत्र नम्बर ३ बबई गाउँपालिका वडा नम्बर ३ घट्टेखोला निवासी नेपाली कांग्रेसका लीलामान खत्रीको निधनप्रति नेता गिरीले दुःख व्यक्त गरेका हुन् ।

केन्द्रीय सदस्य गिरी बिहीबार खत्रीको निवासमा पुगेर आफन्तलाई सहानुभूति दिनुका साथै निधन भएका स्वर्गीय खत्रीप्रति श्रद्धाञ्जलि दिएका थिए ।

खत्रीलाई श्रद्धाञ्जलि दिन नेपाली कांग्रेस दाङका सचिव शंकर भण्डारीसहितका नेता तथा कार्यकर्ताहरू घट्टेखोला पुगेका थिए ।

Published : Friday, 2019 September 27, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया