भुपेन्द्रजंग शाहीका समर्थकद्वारा सानेपामा प्रदर्शन

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतद्वारा कारबाही गरी महासचिव पदबाट हटाइएका भुपेन्द्रजंग शाहीको समूहले नेपाली कांग्रेसको मुख्यालया नारावाजी र धर्ना दिएको छ ।

नेपाली कांग्रेसको मुख्यालय सानेपामा जम्मा भएका शाहीका समर्थकले अध्यक्ष बस्नेतलाई कारबाहीको माग राखेर नारावाजी गरेका थिए । उनीहरूले तरुण दललाई विधि र प्रक्रियाबाट चलाउन माग गरेका थिए ।

नेपाली कांग्रेसका सभापति पार्टी मुख्यालयमा प्रवेश गर्ने क्रममा शाहीका समर्थकहरूले नारावाजी गर्नुका साथै होहल्ला गरेका थिए ।

शाहीसहितको टिमले विभिन्न माग राखेर पार्टी मुख्यालयमा ज्ञापन पत्र समेत बुझाएको छ ।

Published : Friday, 2019 September 27, 5:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया