रामेछापको दुरागाउँमा प्रहरीको प्रशिक्षण

मन्थली । जिल्ला प्रहरी कार्यालय रामेछापले दुरागाउँमा विभिन्न अपराधका रोक्ने विषयमा अन्तरक्रिया र प्रशिक्षण दिएको छ ।

रामेछाप जिल्लाको लिखुतामाकोसी गाउँपालिका वडा नम्बर १ दुरागाँउस्थित वडा कार्यालयमा बुधबार सामुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न अपराध र हिंसाबाट बच्ने विषयमा सचेतना प्रशिक्षण दिइएको हो ।

मानव बेचविखन, महिला हिंसा लागुऔषध, बालयौन दुर्व्यवहार, जवरजस्ती करणी जस्ता विभिन्न विषयमा प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालय रामेछापेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् नायब उपरीक्षक सन्तोषकुमार भट्टराईसहितका प्रशिक्षक टोलीले प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधी, स्थानीय बुद्विजीबी, स्थानीयबासीलगायतको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2019 September 26, 7:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया