नेकपालाई बाईबाईभन्दै कांग्रेसमा भित्रिएपछि ‘जिल’ परे धनकुटाका कम्युनिस्ट

धनकुटा । नेपाली कांग्रेसको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानको दोस्रो कार्यक्रमको समापनमा धनकुटा जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस धनकुटाले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रिय जागरण अभियानका क्रममा नेकपासहित विभिन्न दल परित्याग गरेर नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । दोस्रो चरणको कार्यक्रममा धनकुटामा जनलहर नै आएको धनकुटा कांग्रेसले जनाएको छ ।

धनकुटा जिल्लाका ६० वटा वडा र ७ वटा नगरपालिका र गाउँपालिकामा १५ दिनसम्म जागरण अभिायन संचालन भएको थियो ।

धनकुटामा ३ सय ८३ जना विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको धनकुटा कांग्रेसका सचिव विजय सन्तोषी राईद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

धनकुटाका क्षेत्र नं. १ को सागुरीगढी डाडाबजारको पर्यटकीयस्थल ध्वजे डाडा र क्षेत्र नं. २ पाख्रीवासको पर्यटकीयस्थल सिमसार ताल तलैयामा १०६–१०६ वटा बिरुवा रोपेर वीपी कोइरालाको १०औं जन्मजयन्ती भदौ २४ गते दोस्रो जागरण अभिायनको उद्घाटन गरिएको थियो ।

जागरण अभियानको समापन गर्ने क्रममा धनकुटा नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयबाट निस्किएको र्‍यालीले धनकुटा बजारको परिक्रमा गरी शहीद भीमनारायण श्रेष्ठ चौकमा पुगेर विशेष कार्यक्रमसहित अभियान समापन भएको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि संविधान सभा सदस्य विश्वदीप लिङ्देनले जागरण अभियानले कांग्रेसको संगठन निर्माणमा महत्वपूर्ण उपलब्धि भएको बताएका थिए ।

नेपाली कांग्रेस धनकुटा सभापति अग्निप्रसाद पौडेलेको सभापतित्वमा भएको समापन कार्यक्रममा प्रदेश सभा सदस्य लीला सुब्बा, नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई, प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘क’ का सभापति जितेन्द्र राई लगायतका नेताहरूले जागर अभियान कार्यक्रमले कांग्रेसका नेता तथा कार्यकर्ताहरू मतदाताबीच जीवन्त सम्बन्ध कायम गरेको बताएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेस धनकुटका उपसभापित नवीन किशोर शाक्यले र जागरण अभिायनको उपलब्धीका बारेमा जिल्ला सचिव विजयसन्तोषी राईले प्रकाश पारेका थिए । जागरण अभिायनले धनकुटामा कांग्रेसको पक्षमा जनलहर ल्याएको नेताहरूले बताएका छन् ।

समापन कार्यक्रममा मंगलबार नेपाली कांग्रेस धनकुटाका नेता तथा कार्यकर्ताहरूले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारविरुद्ध हत्या, हिंया, बलात्कार, महँगी, कर वृद्धिको विरुद्धमा चर्को नाराबाजी गर्दै बजार परिक्रममा गरेका थिए ।

Published : Thursday, 2019 September 26, 8:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया