प्रहरीका तीन एआईजीको सरुवा

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले नेपाल प्रहरीका तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ ।

मन्त्रिपरिषदको मंगलबार साँझ बसेको बैठकले पुष्कर कार्कीलाई कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा गरेको हो ।

एआईजी ठूले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सरुवा गरिएको स्रोतले जनाएको छ ।

अर्का एआईजी धिरु बस्नेतलाई मानवस्रोत एवं प्रशासन विभागमा दरबन्दी राखेर राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काजमा राख्ने निर्णय सरकारले गरेको छ ।

यसअघि एआईजीहरु कार्की प्रहरी प्रशिक्षण प्रतिष्ठानमा, ठूले राई मानव स्रोत एवं प्रशासन विभागमा र बस्नेत अपराध अनुसन्धान विभागमा थिए ।

Published : Wednesday, 2019 September 25, 2:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया