महामन्त्रीद्वारा भक्तपुर तरुण अध्यक्षका बुबालाई श्रद्धाञ्जलि

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाको बुबाको निधन भएकोमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि दिएका छन् ।

थापा निवास कटुञ्जेमा आएर महामन्त्री खड्का, नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापासहितका नेता तथा कार्यकर्ताहरूले श्रद्धाञ्जलि दिएका थिए ।

महमन्त्री खड्काले नेपाली कांग्रेसले जारी गरेको श्रद्धाञ्जलि वक्तव्य पनि प्रदान गरिएको थियो ।

नेपाल तरुण दल भक्तपुरका अध्यक्ष थापाका बुबा लालबहादुर थापाको भदौ ३१ गते मंगलबार भएको असामयिक निधन भएको थियो ।

Published : Wednesday, 2019 September 25, 12:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया