संविधान दिवसका अवसरमा मुस्लिम आयोगमा दीपावली

ललितपुर । संविधान दिवसको अवसरमा मुस्लिम आयोगले विभिन्न कार्यक्रमसहित दीपावली गरेर भव्यताका साथ दिवस मनाएको छ ।

ललितपुरको जावलाखेलस्थित आयोगको कार्यालय परिसरमा बिहीबार संविधान दिवसका अवसरमा विशेष कार्यक्रम गरिएको हो ।

कार्यक्रममा आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसहित आयोगका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

अध्यक्ष अन्सारीले संविधान दिवसका अवसरमा सबैलाई शुभकामना दिएका थिए ।

सरकारले असोज ३ गतेको संविधान दिवस विशेष कार्यक्रमहरू गरेर मनाउँदै छ ।

Published : Thursday, 2019 September 19, 8:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया