पाकिस्तानमा हिन्दु युवतीको ज्यान लिएपछि बबण्डर

कराँची । पाकिस्तानको सिन्धमा हिन्दु छात्रा नम्रता चंदानीको मृत्य भएपछि विरोध भएको छ । नम्रताको हत्या भएको भन्दै विरोध चर्किएको छ ।

नम्रताको ज्यान लिएकाे दाबी गर्दै केही दिन यता कराँचीका सडकमा हिन्दु समर्थकहरूले प्रदर्शन गरेका छन् ।

नम्रताकाे ज्यान लिने व्यक्तिलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन प्रदर्शनकारीहरूले माग राखेका छन् ।

चिकित्साशास्त्रको अध्ययन गरिरहेकी नम्रता गत मंगलबार आफू बस्ने छात्रावासमा शव भेटिएकाे थियाे ।

घाँटीमा डोरीले बाँधिएको अवस्थामा नम्रताको शव भेटिएपछि उनका भाइले ज्यान लिएकाे आरोप लगाएका हुन् ।

पाकिस्तानमा धर्म परिवर्तन स्वीकार गर्नेलाई धर्म परिवर्तन गराउने र नमान्नेको ज्यान समेत लिने कट्टरपन्थीहरूले नम्रता चंदानीको ज्यान लिएकाे परिवारका सदस्यहरूको आरोप छ ।

मेडिकल छात्रा नम्रता चंदानीको मृत्यु पनि जवर्जस्ती धर्म परिवर्तनको घटनासँग जोडेर हेरिएको छ ।

नम्रताको परिवारलाई लगातार मुस्लिम धर्म अगाल्न दबाब दिइँदै आइएको थियो ।

पाकिस्तानको बीबी आसिफा डेन्टल कलेजको अन्तिम वर्षकी छात्रा नम्रता चंदानी आफ्नै छात्रावासकै कोठामा मृत अवस्थामा फेला परेकी थिइन ।

एमबीबीएस अध्ययनरत अल्पसंख्यक हिन्दु समुदायकी नम्रताका दाई डाक्टर विशाल सुन्दरले नम्रताको ज्यान लिएकाे दावी गरेका छन् ।

पछिल्लो समय अल्पसंख्यक हिन्दु, सिख समुदायप्रति पाकिस्तानमा एकपछि अर्को हिंसात्मक घटना सार्वजनिक भइरहेका बेला मेडिकल छात्रा नम्रता चंदानीको मृत्यु भएपछि यो घटनालाई पनि जवर्जस्ती धर्म परिवर्तनको घटनासँग जोडेर हेरिएको छ ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको उल्लेख गरेकाे छ । नम्रताको परिवार भने कराचीमा रहँदै आएका छ ।

काश्मिरमा धारा ३७० हटाइएपछि पाकिस्तानमा अल्पसंख्यक हिन्दु र सिख समुदायमाथि हिंसा बढेको पाइएको छ । यसैको परिणाम नम्रताको ज्यान लिने कार्य भएको बताइएको छ । एजेन्सी

Published : Thursday, 2019 September 19, 11:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया