विवादास्पद व्यापारीको महँगो अस्पतालमा प्रचण्डको उपचार

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरमा रहेको मेडिकेयर अस्पतालमा दाँत फुकालेका छन् ।

विवादास्पद व्यापारी उपेन्द्र महतोको अस्पतालमा बुधबार उपचारका लागि पुगेका दाहालले समस्याग्रस्त दाँत फुकालेर फालेका हुन् ।

पछिल्ला केही दिनमा दाँत दुख्ने समस्या तिव्र भएपछि उनी मेडिसिटी अस्पताल पुगेका हुन् ।

डा.सुमित साहले दाहाललाई दाँत निकालेर फाल्न सुझाव दिएका थिए ।

बुधबार अस्पताल भर्ना भएर दाहालले बंगरातिरको दुख्ने दाँत फुकालेको उनको सचिवालयले जानकारी दिएको छ ।

मेडिसिटी अस्पतालका मालिक उपेन्द्र महतोको विदेश बैंकहरूमा अबैध रकम लुकाएर राखेको भनेर खोज पत्रकारिता केन्द्रले केही महिना अगाडि रिपोर्ट सार्वजनिक गरेको थियो ।

पनामा पेपरले उपेन्द्र महतोसहितका धेरै व्यक्ति र व्यक्तिहरूको नाम कालो धन विदेशमा लुकाएर राखेको भनेर रिपोर्ट सार्वजनिक गरेको थियो ।

मेडिसिटी अस्पताल बेलाबेला उपचारको विषयमा विवाद र बदनाम हुँदै आएको छ । पूर्वसांसद गायत्री साहको बच्चाको विषयमा मेडिसिटीले ठूलो आलोचना खेप्नु परेको थियो ।

नेकपाका अध्यक्ष दाहालले वीर अस्पताल, शिक्षण अस्पताल जस्ता राम्रा र सक्षम अस्पताल हुँदा हुँदै विवादास्पद व्यापारीले चलाएको अत्याधिक महँगो अस्पतामा गएर किन उपचार गराएका हुन् भनेर प्रश्न सामाजिक सञ्जालमा उठेको छ । याे अस्पताल अन्य निजी अस्पतालकाे तुलनामा अत्याधिक महँगाे रहेकाे गुनासाे छ ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष खड्गप्रसाद ओलीले आफ्नो स्वास्थ्य परीक्षण शिक्षण अस्पताल महाराजगञ्जमा बेलाबेलामा गराउँदै आएका छन् ।

Published : Wednesday, 2019 September 18, 9:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया