हिन्दीमा ओलीको शुभकामना, मोदीले दिए नेपालीमा धन्यावाद

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् ।

ओलीले मंगलबार बिहानै ट्वीट गर्दै मोदीलाई जन्मदिनको शुभकामना दिएका हुन् । त्यति मात्रै होइन ओलीले मोदीलाई हिन्दी, गुजराती र अंग्रेजी भाषामा शुभकामना दिएका थिए ।

भारतीय प्रधानमन्त्री मोदी पनि के कम । उनले पनि ओलीलाई नेपाली भाषामै रिट्वीट गर्दै धन्यावाद दिएका छन् ।

भारतीय प्रधानमन्त्री मोदी जनकपुरधाममा आउँदा मोदीकै शैलीका कपडाहरू लगाएर मैदानमा उत्रिएका ओलीले मोदीलाई फेरि सरप्राइज रुपमा जन्मदिनको शुभकामना दिएका छन् ।

Published : Tuesday, 2019 September 17, 8:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया