कम्युनिस्टका कारण जनतामा निरासा, कांग्रेसकाे विकल्प छैनः घिमिरे

धनगढी । नेपाली कांग्रेसका युवा नेता कमलकिशोर घिमिरेले दुईतिहाइको कम्युनिस्ट सरकारका कारण जनतामा दिन प्रतिदिन निरासा बढ्ने क्रम रहेको बताएका छन् ।

कैलाली जिल्लाको जोशीपुर गाउँपालिकाको वडा नम्बर ५ मैनापुरीमा मंगलबार आयोजित अन्तरक्रियामा घिमिरेले पार्टीको संगठन मजबुत बनाएर कम्युनिस्टहरूसँग प्रतिस्पर्धा गर्ने बेला आएको बताए ।

‘कांग्रेसभित्र एकजुट हुनुपर्ने समय आएको छ’, उनले भने, ‘कांग्रेस एक हुने हो भने कसैले पनि जित्न सक्दैन ।’

नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अन्तर्गत मैनपुरीमा अन्तरक्रिया भएको थियो । कार्यक्रममाको सभापतित्व कांग्रेस कैलालीका सह–सभापति बीरुप्रसाद चौधरीले गरेका थिए ।

कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहित विभिन्न दलका नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई केन्द्रीय प्रतिनिधि एवम् युवा नेता घिमिरेले पार्टी सदस्यता प्रदान गरेका थिए ।

Published : Tuesday, 2019 September 17, 8:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया