दाङको जागरण अभियानमा कांग्रेस कार्यकर्ताको उल्लेख्य सहभागिता

घोराही । नेपाली कांग्रेसले जारी राखेको दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान अन्तर्गत दाङ कांग्रेसले क्षेत्र नं. २ ‘ख’ विभिन्न कार्यक्रम गरिएको छ ।

घोराही नगरपालिका वडा नम्बर ११ को टारीमा कांग्रेसको अन्तरक्रिया सम्पन्न भएको छ । टारीस्थित नेपाली कांग्रेसका गाउँका कार्यकर्ताहरूसँग मंगलबार विशेष कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्र नं. २ का क्षेत्रीय भुपबहादुर डाँगी, दीपक पाण्डे, बद्री खड्का, बालिका लम्साललगायतका स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

दाङका तीन वटै क्षेत्रमा नेपाली कांग्रेसले जागरण अभियानलाई सञ्चालन गर्दै आएको छ ।

जारण अभियानमा स्थानीय कार्यकर्ताहरूले पार्टीभित्रको गुटको राजनीतिप्रति चिन्ता जनाएका थिए । उनीहरूले केन्द्रीय नेताहरू मिल्ने हो भने नेपाली कांग्रेसलाई कसैले पनि हराउन नसक्ने धारणा राखेका थिए ।

राष्ट्रिय जागरण अभियानको कार्यक्रम दाङमा सक्रियताका साथ सञ्चाल भइरहेको छ । कार्यक्रममा गाउँका कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ ।

Published : Tuesday, 2019 September 17, 5:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया